२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआत्महत्याको समस्या विकराल बन्दैं, रोकथामको पहल गर्न विज्ञहरुको सुझाव

आत्महत्याको समस्या विकराल बन्दैं, रोकथामको पहल गर्न विज्ञहरुको सुझाव


काठमाडौं—विश्वमा नै साझा समस्याका रुपमा देखा परेको आत्महत्याका अवस्था पछिल्लो समय विकराल बन्दैं गएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो वर्ष मात्रै नेपालमा आत्महत्या गर्नेको संख्या ५ हजार ७ सय ८५ रहेको पाइएको छ ।

पछिल्ला ५ वर्षको आत्महत्या सम्बन्धि प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा दैनिक औसत दैनिक १६ जनाले आत्महत्या गर्ने गरेका छन् ।

आइतबार पाटन मानसिक अस्पतालद्वारा ‘आत्महत्या रोकथामको लागि सबैको सहकार्य’ भन्ने मुल नाराका साथ आयोजित अन्तक्रियामा आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीको भूमिका कस्तो रहन्छ भन्ने पाटोलाई मुख्य विषयवस्तु बनाएर छलफल गरिएको थियो ।

अन्तक्रियामा बोल्दै अस्पतालका डा. रवि शाक्यले भने, ‘यो हाम्रो निम्ति अत्यन्त दुःखदायी अवस्था हो ।’ उनले सञ्चारकर्मीहरु संयमित भएर लेखेमा यसमा केही हदसम्म न्युनीकरण गर्न सफलता प्राप्त हुने विश्वास ब्यक्त गरे । डा. शाक्यले आत्महत्याको कुनै पनि घटनामा सिधैं ‘आत्महत्या’को शब्द प्रयोग नगरी अदृश्य रुपमा त्यसलाई संकेत गर्ने कुनै शब्द चयन गरी आफ्नो समाचारमा समावेश गर्न सुझाव समेत दिए ।

विश्वमा वार्षिक आत्महत्या गर्नेको संख्या कुल ८ लाखको हाराहारीमा रहेको छ । त्यसमध्ये अधिकांशले विषालु पदार्थको सेवनबाट आत्महत्या गर्ने पाइएको छ । पछिल्लो समय दिनानुदिन बढ्दैं उक्त घटनाक्रम सोही रुपमा रहेमा १५ लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ । सन् २००३ को तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी आत्महत्या गर्ने देशको १५ औं स्थानमा नेपाल रहेको छ ।

कुनै पनि आत्महत्याको कारण ठोस नरहने कार्यक्रममा उपस्थित अर्का चिकित्सक वासुदेव कार्कीको बताए । उनले किशोरवस्था, अविवाहित, कुलत, असफलता, दीर्घरोग, बेरोजगार तथा अन्य मानसिक पिडाका कारण ब्यक्तिहरु आफ्नो जीवनप्रति हरेश खाएर आत्महत्याको बाटो रोज्ने गरेको उल्लेख गरे ।

आत्महत्या रोकथामका लागि नेपाल सरकारले विभिन्न कार्यक्रमको आयोजना गरेतापनि त्यो खासै प्रभावकारी हुन नसकेको उनको भनाइ थियो । ‘राज्यले यसै विषयसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु देशको २२ औं जिल्लाहरुमा सम्पन्न गरिसक्यो तर ती कार्यक्रमहरुले खासै प्रभाव भने पार्न सकेन,’ डा. कार्कीले भने, ‘यसको रोकथामको निमित्त जनसाधारण मात्र नभई समस्त स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा राजनीतिज्ञले नै चेतनाको अभिवृद्धि गर्नुपर्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ