२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमालेले कोभिड-१९ नियन्त्रणका लागि पार्टी परिचालन गर्ने

एमालेले कोभिड-१९ नियन्त्रणका लागि पार्टी परिचालन गर्ने


काठमाडौं—सत्तारुढ दल नेकपा एमालेले कोभिड—१९ नियन्त्रणका लागि सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको १० औं महाधिवेसन आयोजक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले कोभिड—१९ नियन्त्रणको अभियानमा पार्टी कसरी परिचालित हुन सक्छ भन्ने विषयमा प्रधानमन्त्रीले विशेष निर्देशन समेत दिएका छन् ।

‘अब छिटो—छिटो आयोजक कमिटीको पनि बैठक बस्न गाह्रो पर्ने भएकाले प्रत्येक केन्द्रीय सदस्य र मातहतका कमिटीहरु, जनसंगठनहरु, जनप्रतिनिधीहरु सबैले जिल्ला—जिल्लामा डेस्कहरु राख्ने, विदेशबाट आएका वा सम्भाव्य जोखिममा रहेकालाई क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइनहरु बनाउनका निम्ति स्थानीय तहसँग समन्वय गर्ने, गाउँ—गाउँमा जागरण अभियानहरु चलाउने, कोही बिरामी भयो भने उहाँहरुलाई नजिकको अस्पतालसम्म पु¥याउनका लागि मद्धत गर्ने र यसमा स्थानीय तह र जिल्लाको कोभिड क्राइसिस म्यानेजमेण्ट सेन्टरसँग मिलेर म्यासिभ अभियान चलाउन सिंगो पंक्तिलाई परिचालित हुनका लागि विशेष निर्देशन दिने प्रयोजनका लागि आजको बैठक आयोजना गरिएको हो,’ बैठकपछि एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले भने, ‘तदनुरुप नै साथीहरुलाई खट्नका लागि निर्देशन दिनुभएको छ ।’

उनले आजको बैठकले सिंगो एमालेलाई एकढिक्का भएर कोभिड विरुद्धको लडाइमा लाग्न केन्द्रित गर्ने निर्णय गरेको जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ