२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा १४९८ सहित थप ३१२२ कोरोना पुष्टि, २८को मृत्यु

काठमाडौँ उपत्यकामा १४९८ सहित थप ३१२२ कोरोना पुष्टि, २८को मृत्यु


काठमाडौं—काठमाडौं उपत्यकामा ८ सय ७२ सहित ३ हजार १ सय २२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ६८ नमुना परीक्षण गरिएका ३ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी काठमाडौंमा १ हजार १ सय ३२ जना, ललितपुरमा २ सय ७० जना र भक्तपुरमा ९६ जनामा गरेर काठमाडौँ उपत्यकामा मात्रै     १ हजार ४ सय  ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संक्रमितको संख्या ३ लाख १ सय १९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ५०  जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५ सय ७३  पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ९२.५ प्रतिशत रहेको मन्त्रालयको तथ्यांकमा छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतक संक्रमितको संख्या २८ रहेको छ । भने, पछिल्लो २४ घण्टामा   थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा मृतक संक्रमितको संख्या ३ हजार १ सय ६४ पुगको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ