२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारइन्सिडेन्ट कमाण्डले कोभिड नियन्त्रण र उपचार लागि ग¥यो यस्ता निर्णय

इन्सिडेन्ट कमाण्डले कोभिड नियन्त्रण र उपचार लागि ग¥यो यस्ता निर्णय


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा विभिन्न महत्वपूर्ण निर्णयहरु लिएको छ । आइतबार स्वास्थ्य मन्त्री हृद्धयेश त्रिपाठीको उपस्थितीमा बसेको मन्त्रालय इन्सिडेन्ट कमाण्ड सिष्टमको बैठकले २० हजार अक्सिजन सिलिण्डर खरिदका लागि अर्थ र परराष्ट्र मन्त्रालयलाई लेखेर पठाउनेलगायतका विविध निर्णयहरु गरेको हो ।

१) ६ बैशाखमा नेपाल सरकारले राजपत्र प्रकाशित गरेको कोभिड—१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि आदेशको १६ (घ) मा उल्लेख भए बमोजिम सार्वजनिक निजी तथा गैरसकारी स्वास्थ्य संस्था, औजार, उपकरण, भवन तथा स्थान स्वास्थ्य सेवाका लागि प्रयोग गर्न सबै समाजिक विकास मन्त्रालयहरुसँग समन्वय गरी स्वास्थ्य सेवा विभागले यथाशीघ्र व्यवस्थापन मिलाउने ।

२) स्वास्थ्य सेवा विभागले बजारमा उपलब्ध भएसम्मका थप फ्लो अक्सिजन सिलिण्डर र पुनः भर्न मिल्ने खालका कन्टेनरसहित १ सय वटा साना सिलिण्डर यथाशीघ्र किन्ने ।

३) उपचारात्मक महाशाखाले एचडियुको व्यवस्थापन गर्न दिइएको निर्देशनअनुसार ती अस्पतालहरुले गरेका प्रगति र प्रगति हुन नसक्नुका कारणहरु समेत अडिट गरी बुधबारको बैठकमा पेश गर्ने । निर्देशनअनुसार प्रगति नगरेका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने ।

४) तत्काल २० हजार ठूलो अक्सिजन सिलिण्डर नेपालमा ल्याउने व्यवस्था गर्न व्यवस्थापनका लागि अर्थ र परराष्ट्र मन्त्रालयलाई लेख्ने ।

५) इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पेश गरेको माइक्रो कन्टेन्टमेन्ट स्वीकृत गर्ने ।

कोभिड—१९ उपचार गर्न अस्पताल व्यवस्थापन सम्बन्धमा देहाय बमोजिम गर्ने ।
क) सबै मेडिकल कलेज, अस्पतालहरु र २ सयभन्दा बढी शैय्या भएका अस्पतालहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्झौता गर्ने ।
ख) स्थानीय तहका १५ बेडसम्मका अस्पतालहरुसँग स्थानीय तहले सम्झौता गर्ने ।
ग) प्रदेश सामाजिक विकास मन्त्रालयले २ सय शैय्यासम्मका अस्पतालहरुसँग आवश्यताअनुसार सम्झौता गर्दै जाने ।
कोभिड—१९ उपचार व्यवस्थापन गर्ने र त्यो सूची स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रको इमेलमा अद्यावधि गर्दै उपलब्ध गर्ने गराउने ।

६) सबै अस्पतालहरुले कोभिड—१९ का संक्रमितहरुको उपचारको अस्पतालमा आकस्मिक व्यवस्थापन मिलाउने । त्यसपछि सूचीकृत कोभिड अस्पतालमा पठाउनु परेमा वा प्रेषण गर्नु परेमा कहाँ पठाउनुपर्ने हो सेवा उपलब्धताका आधारमा एकिन गरेर मात्रै पठाउने ।

७) सबै अस्पतालहरुले निःशुल्क वा शसुल्क उपचार व्यवस्थापन गरेपछि सम्पूर्ण संक्रमितहरुको अनिवार्य रुपमा स्वास्थ्य मन्त्रालयको बेवसाइटमा पठाउने ।

८) जिल्ला अस्पताल अथवा २५ देखि ५० शैय्यासम्मका अस्पतालहरु, १ सय शैय्या र २ सय शैय्यासम्मका अस्पतालहरु, सबै मेडिकल कलेज, शिक्षण अस्पताल अथवा ५ सय शैय्यासम्मका अस्पतालहरुले क्रमसः ३०, ३५, ५० र १ सय बटा ठूलो अक्सिजन सिलिण्डर खरिद गरी तयारी अवस्थामा राख्ने । त्यसको शोधभर्ना स्वास्थ्य मन्त्रालयले प्रतिसिलिण्डर २० हजार नघट्ने गरी वा स्वासथ्य मन्त्रालयसँग जानकारी वा सहमतिमा परेको मूल्यमा उपलब्ध गराउने ।

९) कोभिड—१९ को बढ्दो संक्रमण र नेपाल सरकारले जारी गरेको आदेशलाई मध्यनजर गर्दै तपशिल बमोजिमको उच्चस्तरीय टोली ७ वटै प्रदेशमा पठाउने

स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा उच्चस्तरीय टोली पठाउने


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ