२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा उच्चस्तरीय टोली पठाउने

स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेशमा उच्चस्तरीय टोली पठाउने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशको कोभिड-१९ विरुद्धको स्वास्थ्य तयारी बुझ्न उच्चस्तरीय टोली सञ्चालन गर्ने भएको छ । आइतबार स्वास्थ्य मन्त्री हृद्धयेश त्रिपाठीको उपस्थितीमा बसेको मन्त्रालय इन्सिडेन्ट कमाण्ड सिष्टमको बैठकले उच्चस्तरीय टोली ७ वटै प्रदेशमा पठाउने निर्णय गरेको हो ।

७ वटामध्ये ५ वटा प्रदेशमा प्रमुख विशेषज्ञहरुको नेतृत्वमा टोली पठाइने भएको छ भने दुई वटा प्रदेशमा इन्सिडेन्ट कमाण्ड सिष्टमका  डा. गुणराज लोहनीको नेतृत्वमा टोली पठाइनेछ ।

प्रदेश १ मा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ र डा. पवनजंग रायमाझीलाई खटाइएको छ । प्रदेश २ मा मन्त्रालय प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, मोहम्मद दाउदलाई पठाइएको छ । यस्तै, बागमती प्रदेशमा डा. रोशन पोखरेल, डा. मदन उपाध्याय जानेछन् ।

गण्डकी प्रदेशमा डा. गुणराज लोहनी, डा. प्रकाश शाहको टोली जानेछ । यस्तै, लुम्बिनी प्रदेशमा डा. गुणराज लोहनी, डा. रोशन न्यौपाने खटाइएका छन् ।

कर्णाली प्रदेशमा डा. दीपेन्द्ररमण सिंह र केशवराज पण्डित टोली जानेछ भने सुदूरपश्चिम प्रदेशमा डा. दीपेन्द्ररमण सिंह र रिता भण्डारी जोशी टोलीलाई प्रदेश संयोजन गर्न खटाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ