२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीका विद्यालय आजदेखि बन्द, यातायातमा भोलिदेखि जोरविजोर प्रणाली

रुपन्देहीका विद्यालय आजदेखि बन्द, यातायातमा भोलिदेखि जोरविजोर प्रणाली


बुटवल—कोरोना भाइरसको संक्रमण विद्यालयमा तीव्र रुपमा फैलिएको आशंकासहित रुपन्देही जिल्लाका सबै विद्यालयहरु सोमबारदेखि बन्द भएका छन् ।

जिल्लाका १६ वटै पालिकाहरुमा रहेका विद्यालयहरु बैशाख मसान्तसम्मका लागि भौतिक रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुसँगको छलफलबाट विद्यालय बन्द गर्ने निर्णयमा पुगेको उनले बताए ।

यसअघि जिल्ला भित्र परीक्षा संचालन गरेका विद्यालयहरुले जनस्वास्थ्यका मापदण्डसहित सुचारु गर्न सक्ने भनिएको थियो । यद्यपि विद्यार्थीहरुमा संक्रमण बढ्न थालेपछि विद्यालय भौतिक रुपमा बन्द गरिएको छ । परीक्षा पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।

कोरोना भाइरसको दोस्रो लहर संक्रामक देखिएको भन्दै रुपन्देहीमा सञ्चालन हुने सवारी साधनमा समेत कडाइ गरिने भएको छ । त्यसका लागि मंगलबारदेखि जोर विजोर प्रणाली लागू हुनेछ । जिल्लाभित्र संचालनमा आउने सार्वजनिक तथा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने थापाले बताए । त्यस्तै, भिडभाड हुने हाटबजारहरु समेत बन्द भएका छन् ।

पछिल्लो बैठकले स्थानीय पालिकाहरुलाई आइसोलेसन तथा एम्बुलेन्सको व्यवस्थापन गर्ने गरी निर्णय गरेको छ । पछिल्लो समयमा देखा परेको नयाँ भेरियन्टको भाइरस संक्रामक देखिएकोले सुरक्षाका उपाय तथा स्वास्थ्य मापदण्डको पूर्ण पालनामा जोड दिइएको छ । त्यसका लागि पालिकाहरुले जनचेतनामूलक कार्यक्रमसमेत गर्ने निर्णय भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ