२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा आइसोलेसन सेन्टर तयारी अवस्थामा

तिलोत्तमामा आइसोलेसन सेन्टर तयारी अवस्थामा


बुटवल—रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणलाई ध्यानमा राखी आइसोलेसन सेन्टरहरुलाई तयारी अवस्थामा राखेको छ । गत वर्षको कोरोना भाइरस महामारीको समयमा निर्माण गरिएका आइसोलेसन सेन्टरहरुमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर तयारी अवस्थामा राखेको हो ।

कोरोना संक्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा तयार गरिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले जानकारी दिए ।

अस्थायी कोरोना विशेष अस्पताल बुटवलका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेसन सेन्टर निर्माण गरेको थियो ।

२० शैंय्याको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईको दावी छ । सेन्टरमा आईसीयु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।

केन्द्रमा बिरामीको २४ सै घण्टा सेवा दिने गरी स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरवासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नैं आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिने छ । कोरोनाको दोस्रो लहर चल्दै गर्दा तिलोत्तमा नगरपालिकामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ