२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडका बिरामीले बेड पाउन छाडे, बेड अभावमा एक महिलाको मृत्यु

कोभिडका बिरामीले बेड पाउन छाडे, बेड अभावमा एक महिलाको मृत्यु


बुटवल –लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण एक महिलाको मृत्यु भएको छ । अस्पतालको कोरोना विषेश अस्पताल धागोकारखानामा कोभिडका बिरामीले भरिभराउ छ ।

भेड अभावका कारण अक्सिजन आवश्यक रहेकी देवदह ६ की ४९ वर्षीया महिलाको मृत्यु भएको हो । बेड नभएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राखिएको थिए । उनको त्यही नै ज्यान गएको अस्पतालले जनाएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएकी उनमा उच्च ज्वरो, उच्च रक्तचाप र श्वास प्रश्वासमा समस्या थियो । उनलाई तत्कालै आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि आइसियु बेड नहुँदा उनको मृत्यु भएको छ ।

परिवारले बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालदेखि काठमाडौंको नर्भिक र ह्याम्स अस्पतालसम्म बेड नपाएको बताएका छन् । कतै बेड नपाए पछि ती महिलाको प्रादेशिक अस्पतालको फिभर क्लिनिकमै राखेर उपचार सुरु गरिएको थियो ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएको बताए । उनका अनुसार ती महिलाको फिभर क्लिनिकमै राखेर उपचार गरिएको थियो ।

रुपन्देहीमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण १ सय ७५ जनाको मृत्यु भै सकेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ