२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ४ हजार ७ सय ७४ जनामा कोरोना पुष्टि

नेपालमा थप ४ हजार ७ सय ७४ जनामा कोरोना पुष्टि


काठमाडौं–नेपालमा थप ४ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ७ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये महिला १९४९ जना र पुरुष २८२५ जना संक्रमित भएका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १४६४ जना, भक्तपुर २३२ जना, ललितपुरमा ३१५ जनामा रहेका छन् । यस्तै, रुपन्देहीमा ४३४ र बाँकेमा ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ३ लाख १२ हजार ६ सय ९९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा रिपोर्ट भएका मृतकको संख्या १७ जना रहेको मन्त्रालयको तथ्यांकमा छ । पछिल्लो २४ घण्टामा भने १० जना संक्रमितको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ