२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनी देशमा मुटु र गरिब देशमा क्यान्सरका कारण धेरै अधबैसेको मृत्यु

धनी देशमा मुटु र गरिब देशमा क्यान्सरका कारण धेरै अधबैसेको मृत्यु


एजेन्सी । धनी देशमा मुटुसँग सम्बन्धित रोगभन्दा क्यान्सरका कारण धेरै अधबैसेको मानिसको मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ । विश्वव्यापी रुपमा नै यो उमेरका मानिसको मृत्युको कारण मुटुको समस्या र स्ट्रोक पाइएको छ ।

धनी देशका मानिस मुटुजन्य रोग भन्दा क्यान्सरका कारण मृत्यु हुने सम्भावना दोब्बर भन्दा बढी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । तर, गरिब मुलुकहरुमा भने ठीक विपरित देखिन्छ । ती देशमा क्यान्सरका कारण मृत्यु हुने सम्भावना तीन गुणा देखिन्छ ।
ल्यान्सेट पत्रिकामा छापिएका सो अध्ययनमा २१ देशका हजारौ मानिस समेटिएको जनाइएको छ । तर, अध्ययनमा बेलायतका नागरिक भने समेटिएका छैनन् ।

क्यानडाको म्याकमास्टर युनिर्भसिटीका अनुसन्धानकर्ताहरुको एउटा समूहले सन् २००५ देखि २०१६ सम्म अध्ययनमा सहभागी १ लाख ६० हजार मानिसको अध्ययन गरेका थिए । अध्ययनमा सहभागी मानिसको औषत उमेर ५० वर्ष थियो । सो अवधिमा भएका ११ हजार मृत्युमध्ये धनी देशका भन्दा न्यून आय भएका देशका नागरिकको मृत्यु चार गुणा बढी पाइएको थियो । २ हजार जनाको मृत्युको कारण भने प्रष्ट हुन सकेको थिएन् ।

अध्ययन अनुसार मुटुजन्य रोगका कारण मध्यम र न्युन आय भएका देशमा ४० प्रतिशत भन्दा बढी मानिसको मृत्यु भएको थियो । धनी देशमा प्रर्याप्त औषधी हुने र मानिसहरुलाई उपचार गर्ने भएकोले ती देशमा मृत्यु संख्या कमि भएको हुन सक्ने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ