२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविद्यार्थीले आविश्कार गरे समुद्रका प्लाष्टिक खाने व्याक्टेरिया

विद्यार्थीले आविश्कार गरे समुद्रका प्लाष्टिक खाने व्याक्टेरिया


एजेन्सी । समुद्रको प्रदुषण यो पृथ्वीकै ठूलो समस्या हो । सन् २०५० सम्मा समुद्रमा माछाभन्दा बढी प्लाष्टिक हुने पछिल्ला अनुसन्धानले अनुमान गरेका छन् । यही कारण प्लाष्टिकको समस्या समाधानका लागि केही मानिस लागि परेका छन् । चीनका दुई छात्रा जिनी याओ र मिरन्डा वाङले सानो प्लाष्टिकलाई कार्वनडाईअक्साईड र पानी बनाउने सानो व्याक्टेरियामा विकास गर्ने प्रविधि तयार गरेका छन् ।

यो प्रविधि अनुसार प्लाष्टिकलाई पगालिन्छ र वायोकेमिल रियाक्सनमा उत्प्रेरकको भूमिका खेल्ने इन्जाईम लचकदार बनाइन्छ । वायोसेलेक्सन नाम दिइएको यो प्रविधिमा प्लाष्टिक पोलिमरलाई रसायनिक ढंगले टुक्राएर अर्गानिक तत्व बनाइन्छ । यी तत्वहरुलाई वायोडाइजेस्टर स्टेसनमा राखिन्छ । प्लाष्टिकलाई पानी बनाउने पक्रियाका लागि २४ घन्टा लाग्छ ।

‘मानिसहरुलाई प्लाष्टिक प्रयोग नगर भन्न असम्भव जस्तै हुन्छ । प्लाष्टिकलाई टुक्राउन हामीलाई प्रविधि आवश्यक पर्छ र हरेक कुरा पर्यावरणमैत्री हुन्छ,’ मिरन्डा वाङले भनिन् ।

उनीहरुले पाँच ओटा पुरस्कार जितिसेका छन् । उनीहरुले विज्ञानसँग सम्बन्धित पुरस्कार पर्लम्यानबाट सम्मानित भएका छन् । प्लाष्टिकलाई पानी बनाउने यो परियोजना उनीहरुले विद्यालयकालदेखि नै सुरु गरेका थिए, तर अहिले यसको राम्रो परिणाम आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ