२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु


काठमाडौं—कोरोना संक्रमण भएर नर्भिक अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । अस्पतालकाअनुसार बिहीबार साँझदेखि शाहको प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको हो ।

उनमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो । शुक्रबार पनि उनलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।

पूर्वरानी कोमलका लागि ब्लड ट्रान्सफ्युन स्पेशलिष्ट डा.विपिन नेपालसहितको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको टिमले प्लाज्मा तयार पारेको थियो ।

अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । ज्ञानेन्द्र पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा छन् ।

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।

पूर्वराजपरिवारमा तीनैजना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् । त्यसको केही दिनअघि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ