२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण

डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण


वैतडी-देशका विभिन्न भागमा डेंगु रोगको संक्रमण भईरहेका वेला सुदुरपश्चिमका पहाडी जिल्लामा भने स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ । पछिल्लो १० दिन यता डडेल्धुरा अस्पतालमा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण भएका बिरामी आएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले वताए ।

स्क्रव टाईफस रोगको संक्रमण भएका २७ जना विरामी डडेल्धुरासहित बझाङ, बैतडी, डोटी, दार्चुलाका रहेको डा.कँडेलले वताए ।
स्क्रब टाइफस रोग मुसावाट माइट नामक भुसुनाले मानिसमा सार्छ । स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने चिकित्सक वताउँछन् ।

सरसफाईमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइफसका लक्ष्ण देखा परेमा स्वास्थ्य संस्थामा गई उपचार गराउन पनि चिकित्सकले सुझाव दिएका छन् ।

गत वर्ष असोजको तेस्रो साता पहिलो पटक देखापरेको यो रोगको संक्रमण दुई साता नबित्दै ३३ जनामा देखापरेको थियो । संक्रमणबाट वैतडी र डडेलधुरामा गरी २ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ