२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशलमजुङ जिल्ला अस्पतालमा कोभिड उपचारका लागि तयार

लमजुङ जिल्ला अस्पतालमा कोभिड उपचारका लागि तयार

अक्सिजनसहित २५ शैय्या आइसोलेसन, ३ भेन्टिलेटर र ५ आईसीयु बेड


पोखरा-गत वर्ष कोरोना संक्रमणको त्रास बढिरहेको थियो । बिरामीको चाप पनि उच्च । लमजुङ जिल्ला अस्पतालमा भएको जनशक्ति व्यवस्थापन गरी सेवा दिनु चानेचुने कुरा थिएन । लमजुङ जिल्ला अस्पतालले नयाँ रणनीति तय ग¥यो ।

सामान्य बिरामी जाँचका लागि खुला ठाउँमा टेन्ट राखेर सेवा दियो । ओपिडी सेवा दिइरहेको ठाउँलाई अन्य भर्ना गर्नुपर्ने र शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि व्यवस्था मिलायो । पहिले इन्डोर सेवा दिइरहेका बेड कोरोना बिरामीका लागि छुट्यायो । यसरी व्यवस्थापन गर्दा ८० जनाभन्दा बढी कोभिड बिरामीलाई सेवा दिन सकिएको थियो ।

अहिले लमजुङ जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डरसहित २५ आइसोलेसन बेड तयार गरिएको छ । प्रदेश सरकारको सहयोगमा २५ बेड तयार गरिएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले जानकारी दिए । हरेक बिरामीको भाइटल साइन अवलोकनका लागि प्यासेन्ट मनिटरिङको व्यवस्था गरिएको छ । यसबाट मुटुको चाल, अक्सिजनको मात्रा, रक्तचापलगायत जानकारी लिन सहज हुनेछ ।

उनकाअनुसार ४० बेडसम्म विस्तार गर्न सकिनेछ । अहिले अस्पतालमा आईसीयु ५, भेन्टिलेटर ३ वटा छन् । ३ भेन्टिलेटर र २५ बेड यसै वर्ष प्रदेश सरकारले उपलब्ध गराएको हो । प्रदेश सरकारले ढुवानी खर्चसमेत व्यवस्था गरी २५ बेड, ३ भेन्टिलेटरका साथै आईसीयु र एनआईसीयुलाई चाहिने सामानसमेत पठाएको उनको भनाइ छ ।

‘अस्पतालमा अहिले अक्सिजन बेडसम्म पु¥याउन पाइपलाइन विस्तारको काम भइरहेको छ, यो महिनाभित्र यही अक्सिजन उत्पादन गर्ने एग्रिमेन्ट भइसकेको छ । तत्कालका लागि भने अक्सिजन सिलिन्डरमार्फत सेवा दिनेछौं,’ उनले भने । सामान्य अवस्थामा औसत २ वटा सिलिन्डर खपत हुन्थ्यो ।

जिल्लामा नमुना सामुदायिक अस्पतालमा ४० र लमजुङ जिल्ला अस्पतालमा २५ गरी ६५ आइसोलेसन बेड तयारी अवस्थामा छन् । जिल्ला अस्पतालले प्लान ए, बी, सी, डीअनुसार रणनीति बनाएर अघि बढिरहेको प्रशासन प्रमुख श्रेष्ठ बताउँछन् । केस बढी भयो भने अघिल्लो वर्षजस्तै छुट्टै ओपिडी सञ्चालन गर्ने र अस्पताललाई कोभिड अस्पताल बनाउने योजना अस्पतालले बनाएको छ ।

‘दैनिक रुपमा डेलिभरी केस नै ४/५ वटा हुन्छन् । रोक्नु भएन । अन्य सामान्य बिरामी पनि हुन्छन्, बिल्डिङ पनि छुट्टै र स्वास्थ्यकर्मी टिम पनि छुट्टै गरी व्यवस्थापन गर्नेछौं,’ प्रमुख श्रेष्ठले भने ।

अस्पतालमा कूल ८०/८२ जना स्टाफ छन् । जसमा ३ जना कन्सल्टेन्ट, ४ मेडिकल अफिसर र २२ नर्सलगायतबाट सेवा सञ्चालन भइरहेको छ । कोरोना बिरामी हेर्न परे कोभिड बिरामी जाँच्ने स्वास्थ्यकर्मीलाई हस्पिटलमै बस्ने व्यवस्था मिलाइने प्रमुख श्रेष्ठ बताउँछन् । ल्याबमा ४ जना स्टाफ छन्, पिसिआरको लागि स्वाब संकलन गरी पोखरा पठाउने गरिएको छ ।

लमजुङ अस्पताललाई कोभिड अस्पताल बनाइएमा ८०÷८५ कोभिड बिरामीलाई बेड उपलब्ध गराउन सकिने तर जनशक्ति थप्र्नैपर्ने प्रमुख श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘आइसीयु र भेन्टिलेटरको आवश्यकता हुन्छ । अहिलेको केस अलि जटिल पनि छन् । छलफल हुँदैछ । आईसीयु चलाउने दक्ष जनशक्ति अभाव छ ।’

प्रदेश सरकार, स्थानीय सरकारसँग छलफल, जिल्ला प्रशासनसँग पनि छलफल भइरहेको उनले बताए । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार र जिल्ला प्रशासनको राम्रो समन्वय र सहयोग रहेको पनि उनले प्रष्ट्याए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ