२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनीमा कोभिड-१९ का बिरामीको उपचारमा खर्च प्रदेश सरकारले व्यहोर्ने

लुम्बिनीमा कोभिड-१९ का बिरामीको उपचारमा खर्च प्रदेश सरकारले व्यहोर्ने


बुटवल-लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालमा उपचाररत कोभिड-१९ का बिरामीको उपचार खर्च व्यहोर्ने भएको छ । राज्यको दायित्वअन्तर्गत उपचाररत कोभिड बिरामीको खर्च सरकारले व्यहोर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री लिला गिरीले बताए ।

यो निर्णयले सहज, सरल र प्रभावकारी रुपमा उपचार हुने संकेत देखिएको स्थानीय बताउँछन् ।

सरकारी, निजी र मेडिकल कलेजमा उपचार गर्ने बिरामीको खर्च प्रदेश सरकारले व्यहोर्नेछ । शुल्कमा एकरुपता ल्याउँदै प्रदेश सरकारले प्रक्रिया अघि बढाएको छ ।

कोभिडका बिरामीको उपचार गर्दा अक्सिजनसहितको एक बेडको प्रतिदिन तीन हजार ५ सय, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार, आईसीयू भेन्टिलेटरको एक बेडको प्रतिदिन १५ हजारका दरले सरकारले व्यहोर्ने छ ।

प्रदेशका कोभिड विशेष अस्पताल तथा निजी र मेडिकल कलेजले तोकिएको रकम सरकारबाट पाउने भएकाले बिरामीबाट शुल्क लिन पाउने छैनन् ।

उपचार खर्च लिन अस्पतालले कोभिड-१९ संक्रमित बिरामीको उपचार विवरण प्रदेश सरकारको सफ्टवेयरमा अपडेट गर्नुपर्नेछ । त्यसका आधारमा संघबाट आएको रकम प्रदेश सरकारले अस्पतालहरुलाई उपलब्ध गराउने छ ।

लुम्बिनी प्रदेशमा ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोभिडका बिरामीको उपचार भइरहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ