गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनी सरकारका दुई निर्णयः अस्पतालमा ५ सय ८३ करार दरबन्दी थप, कोरोना कोषमा १० करोड थप लुम्बिनी सरकारका दुई निर्णयः अस्पतालमा ५ सय ८३ करार दरबन्दी थप, कोरोना कोषमा १० करोड थप डी. आर. बन्जाडे सोमबार, २०७८ वैशाख २० गते, १०:४७ मा प्रकाशित बुटवल-लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका चार वटा कोभिड अस्पतालका लागि करार दरबन्दी थप गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको पहिलो प्रदेश मन्त्रिपरिषद्को बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । प्रदेश सरकारले आइसोलेसन सेवालाई निन्तरता दिने र अस्पतालका जनशक्तिको करार म्याद थप गर्ने निर्णय गरेको छ । करार थपअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भिम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगंजका लागि १ सय ५२, राप्ती प्रादेशिक अस्पताल बेलझुन्डी कोरोना विशेष अस्पतालका तुलसीपुरका लागि १ सय ७१ गरी जम्मा ५ सय ८३ करार दरबन्दी स्वीकृत भएको चौधरीले बताए । प्रदेश मन्त्रिपरिषदको पहिलो बैठकबाट कोभिड नियन्त्रण कोषमा रकम थप गर्ने समेत निर्णय गरेको छ । आर्थिक योजना तथा मामिला मन्त्रालयको तर्फबाट १० करोड रकम जम्मा गर्ने निर्णय भएको मन्त्री चौधरीले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोपको दोस्रो डोज त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोपको दोस्रो डोज