२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए ८६५९ जनामा कोरोना पुष्टि, ५८को मृत्यु

देशभर थपिए ८६५९ जनामा कोरोना पुष्टि, ५८को मृत्यु


काठमाडौं – देशभर ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८९ हजार ७ सय ८३  पुगेको छ । त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार ४ सय ७५ पुगेको छ।

दिनानुदिन संक्रमणका केस बढ्नुका साथै मृतकको संख्या पनि तीव्ररुपले बढ्दै गैरहेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)