२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशस्थानीय तहको अनुकरणीय काम : कतै अक्सिजन बैंक, कतै प्रमुख उपप्रमुख चढ्ने गाडी नै एम्बुलेन्स

स्थानीय तहको अनुकरणीय काम : कतै अक्सिजन बैंक, कतै प्रमुख उपप्रमुख चढ्ने गाडी नै एम्बुलेन्स


बुटवल-रुपन्देहीमा स्थानीय तहहरुले कोरोना भाइरस संक्रमणका रोकथाम तथा नियन्त्रणमा ‘अनुकरणीय’ कार्य सुरु गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बुधबार मात्रै अक्सिजन बैंकको सुरुवात गरेसँगै रुपन्देहीकै तिलोत्तमा नगरपालिकाले नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएका छन् ।

रुपन्देहीका अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको गुनासो आएसँगै बुटवल उपमहानगरपालिकाको परिसरमा ‘अक्सिजन बैंक’ स्थापना गरेको थियो । अक्सिजन अभावमा नगरवासीले ज्यान गुमाउनु नपरोस भनेर बैंक स्थापना गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए । ‘नगरमा संक्रमणको दर उच्च देखिएको छ । दोस्रो लहरमा अक्सिजन सपोर्ट अनिवार्यजस्तै देखियो । त्यसकारण पनि हामी यो अभियानमा लागेका हौं’, उनले भने ।

सैनामैना नगरपालिकाले पनि आफ्नै कोभिड अस्पताल संचालनमा ल्याएको सकेको छ । कोभिड १९ का बिरामीका कारण बेड अभाव हुन थालेपछि अस्पताल संचालनमा ल्याएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

कोरोना संक्रमणको दर बुटवल उपमहानगरपालिकामा उच्च रहेको छ भने तिलोत्तमामा पनि बढ्दो छ । नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जान थालेपछि संक्रमितलाई उपचारको लागि अस्पताल लैजान समस्या भएको आँकलनसहित तिलोत्तमाले एम्बुलेन्सको रुपमा नगरप्रमुख र उपप्रमुख चढ्ने गाडीलाई प्रयोग गर्ने भएको छ ।

गाडीमा सिट व्यवस्थापन गरी अक्सिजन सिलिण्डरसमेत जडान गरी एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याइने तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

साथै, नगरपालिकाले यसअघि वडा नम्बर १ शंकरनगर वनवाटिकामा रहेको स्वास्थ्य चौकीलाई अन्यत्र व्यवस्थापन गरेर अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा सञ्चालनमा रहेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ