२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व स्वाथ्य संगठन भन्छ, ४० सेकेण्डमा एक जनाको आत्महत्या

विश्व स्वाथ्य संगठन भन्छ, ४० सेकेण्डमा एक जनाको आत्महत्या


जेनेभा- संसारभर हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक प्रतिवेदन सार्बजनिक गर्दै सो जानाकारी दिएको हो । तथ्यांक अनुसार हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्छन । ‘प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुनेगरेको छ,’ डब्लुएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भने ।

पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको हो । विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ । तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४.२ प्रतिशतले मात्रै घटेको छ ।

तर, जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको ग्हेब्रेयेसुसले बताएका छन् । उनले हरेक मृत्यु मृतकका परिवारजन, साथी र सहपाठीहरुका लागि पिडादायक हुने गरेको उल्लेख गरे ।

सवैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो छ बर्षको अवधिमा ६ प्रतिशतकै दरले आत्महत्या गर्नेको सङ्ख्या बढेको अधिकारीहरूले जनाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ