गृहपृष्ठ ∕ समाचार ∕ प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि प्रतिनिधीसभाका १४ जना सांसदमा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शुक्रवार, २०७८ वैशाख २४ गते, १५:४६ मा प्रकाशित काठमाडौं-प्रतिनिधीसभामा १ सय २६ जना सांसदको कोरोना परीक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)काअनुसार १४ जना सांसदमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बुधबार १ सय २८ जना सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र सञ्चारकर्मी गरी ६०९ जनाको स्वाब संकलन गरिएको थियो । उक्त स्वाबहरु परीक्षण गर्दा १४ जना सांसदमा कोरोना देखिएको हो । अब ६१ जना प्रतिनिधीसभा सदस्यको कोरोना परीक्षण बाँकी छ । तीन मन्त्रीलाई यसअघि नै कोरोना संक्रमण देखिएको छ भने एमाले नेता झलनाथ खनाललाई पनि संक्रमण पुष्टि भएर उपचाररत छन् । २७ बैशाखमा तोकिएको संसद बैठकपूर्व सांसदहरुको कोरोना संक्रमण परीक्षण गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ