२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआत्महत्या रोकथामका लागि निःशुल्क टेलिफोन हेल्पलाइन सेवा सुरु

आत्महत्या रोकथामका लागि निःशुल्क टेलिफोन हेल्पलाइन सेवा सुरु


काठमाडौं—अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसको मौका पारेर मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम केन्द्रले आत्महत्या रोकथामका लागि निःशुल्क टेलिफोन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । बढ्दै गएको आत्महत्यालाई मध्यनजर गर्दै संस्थाले १६६०–०१–२२२२३ नम्बरको टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो ।

संस्थाका निर्देशक तथा वरिष्ठ मनोचिकित्सक डा. अरुण कुँवरका अनुसार उक्त सेवा २४ सै घण्टा उपलब्ध हुनेछ । दिनानुदिन बढ्दै गएको आत्महत्याका घटनालाई संस्थाको उक्त सुचारु सेवाले केही हदसम्म कम गर्ने आशा गरिएको छ ।

विश्वको मृत्युदरलाई हेर्ने हो भने मृत्युको पहिलो कारण दुर्घटना दोस्रो कारण आत्महत्या रहेको पाइएको छ । तर, नेपालमा भने दुर्घटनाबाट भन्दा पनि बढी मानिसहरु आत्महत्याका कारण आफ्नो ज्यान गुमाइ रहेका छन् । आत्महत्या गर्नेमा अधिकांश युवाहरु रहेने गरेको एक तथ्यांकले देखाएको छ । ‘यो साह्रै विकराल परिस्थिती हो,’ डा. कँुवरले भने, ‘देशको युवा तथा दक्ष जनशक्ति नै दिनानुदिन घट्ने क्रममा रहेको छ । यो परिवार मात्र नभएर देशकै निम्ति दुःखद समाचार हो ।’

डा. कुँवरले दिमागमा आत्महत्या गर्न आउने विचार पनि एक प्रकारको रोग हो भन्ने कुरा थाहा नहुँदा अधिकांश व्यक्तिहरुले आफ्नो ज्यान गुमाउने गरेको बताए । उनले यसका लागि चेतनाको अभिवृद्धिको लागि निःशुल्क टेलिफोन सेवा सञ्चालनमा ल्याएका उल्लेख गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ