२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने

गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने


काठमाडौं-कोभिड-१९ को दोस्रो लहरमा संक्रमण उच्च बनेसँगै शहीद गंगालाल हृदय रोग केन्द्रले आकस्मिकबाहेकका मुटु सम्बन्धि सबै शल्यक्रिया स्थगन गरेको छ । अक्सिजनको अभाव हुन थालेपछि गंगालालले आकस्मिकबाहेका शल्यक्रिया बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए ।

गंगालालमा अहिले कोभिड-१९ का संक्रमित बिरामीको पनि उपचार भइरहेको छ । कोभिडका बिरामीहरुलाई पनि अस्पातलले अक्सिजन दिनुपरिरहेको डा. अधिकारीले बताए ।

‘आकस्मिक शल्यक्रियाका लागि पनि अक्सिजन चाहियो,’ उनले भने, ‘हाम्रो आफ्नो प्लान्टले अहिले भइरहेका बिरामी र आकस्मिक शल्यक्रियालाई मात्रै धान्छ ।’

उनले बाहिरबाट अक्सिजन ल्याउन गाह्रो परेको बताए । एक हप्ताअघि काठमाडौं महानगरपालिकाको सहयोगमा गंगालालले आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)