२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्री र सांसदलाई दोस्रो डोज खोप लगाउँदैं सरकार

मन्त्री र सांसदलाई दोस्रो डोज खोप लगाउँदैं सरकार


काठमाडौं–सरकारले मन्त्री र सांसदलाई दोस्रो डोज कोभिशिल्ड खोप लगाउने भएको छ । संसद सचिवालय स्रोतकाअनुसार मन्त्री, सांसद र संसद सचिवालयका कर्मचारी गरी झण्डै १५ सय जनालाई भोलिदेखि कोभिशिल्ड खोपको दोस्रो डोज लगाइनेछ ।

सचिवालयले जारी गरेको सूचनामा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सम्पूर्ण माननीय सदस्यहरु, संघीय संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीहरु, स्वकीय सचिवलगायतका कर्मचारीहरु, मर्यादापालक र सुरक्षासँग सम्बन्धित सम्पूर्ण कर्मचारी र संसदीय मामिला पत्रकारहरुलाई दोस्रो डोज खोप लगाइने जनाएको छ ।

त्यसका लागि संसद सचिवालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप उपलब्ध गराउनका लागि पत्राचार समेत गरिसकेको छ । ‘हामीले मन्त्री, सांसद र संसद सचिवालयका कर्मचारी गरी १५ सय जनालाई कोभिशिल्डको दोस्रो डोज खोप लगाउनका लागि स्वास्थ्यलाई पत्राचार गरेका छौं,’ संसद सचिवालय स्रोतले भन्यो ।

भोलिबाट खोप लगाउने गरी संसद सचिवालयले तयारी गरेको छ । ‘खोप उपलब्ध गराउनका लागि हामीलाई पत्र आएको छ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘खोप लगाउनेदेखि अन्य सबै कुराको व्यवस्थापन सचिवालय आफैले गर्छ ।’

संघीय संसद सचिवालयका खोप लगाउनका लागि ३१ बैशाखदेखि २ जेठसम्म तीन दिने खोप लगाउने तालिका सार्वजनिक गरेको छ । उसले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा खोप केन्द्र समेत तोकिसकेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ