२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूतबीच टेलिफोनवार्ता : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामाग्री आउने

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूतबीच टेलिफोनवार्ता : अमेरिकाबाट अर्को साता स्वास्थ्य सामाग्री आउने


काठमाडौं – संयुक्त राज्य अमेरिकाबाट अर्को साता स्वास्थ्य सामग्री आउने उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनाएका छन्। अमेरिकी सरकारले अर्को सातासम्ममा स्वास्थ्य सामग्री सहयोग गरिने जनाएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए।

उनका अनुसार उपप्रधानमन्त्री पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीले टेलिफोन वार्ता भएको थियो। सो वार्तामा उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्वको खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि कुटनीतिक पहल तीव्र बनाएका छन् ।

अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारकातर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिएको बताइएको छ  । तर, के के सहयोग गरिने भन्ने बारेमा आगामी आइतबारसम्म टुंगो लाग्ने उपप्रधानमन्त्री पोखरेलको भनाई छ  ।

‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुंगो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भने ।

यसको साथै उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिने वातावरण मिलाइदिन अमेरिकी राजदूत बेरीलाई आग्रह गरेका छन् ।

नेपालमा कोराना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपयुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको उनले जनाएका छन्। यसको साथै अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतिक्षा रहेको उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएको पाण्डेको भनाई छ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्लिटेलर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उनले बताए ।

प्रेस सल्लाहकार पाण्डेका अनुसार अमेरिकी राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेललाई आग्रह गरेका छन्  । उपप्रधानमन्त्री पोखरेलले यसका विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिए  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ