२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१३३१ जना कोभिड-१९ संक्रमित आईसीयु र ३७० जना भेन्टिलेटरमा

१३३१ जना कोभिड-१९ संक्रमित आईसीयु र ३७० जना भेन्टिलेटरमा


काठमाडौं-नेपालमा कोभिड-१९ को दोस्रो लहरको संक्रमण तीब्र बनेसँगै आईसीयु र भेन्टिलेटरमा भर्ना हुने बिरामीको संख्या पनि वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबारसम्म देशभर १३३१ जना कोभिड-१९ संक्रमित विभिन्न अस्पतालमा आईसीयुमा उपचार गराइरहेका छन् ।

यस्तै, ३७० जना गम्भीर कोभिड-१९ संक्रमित बिरामीको भेन्टिलेटरमा देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

आईसीयुमा रहेका १३३१ जनामध्ये सबैभन्दा बढी बागमती प्रदेशका ५५४ जना रहेका छन् । यस्तै, आईसीयुमा प्रदेश २ मा १९९, प्रदेश १ मा १९२, गण्डकीमा ९८, लुम्बिनीमा १४०, कर्णालीमा १०१ र सुदूरपश्चिममा ४७ जना रहेका छन् ।

कोभिड-१९ संक्रमित भएर भेन्टिलेटरमा उपचार गराइरहेका मध्ये बागमती प्रदेशमा २१९, प्रदेश १ मा ५४, प्रदेश २ मा ४८, गण्डकीमा २० जना रहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ११, सुदूरपश्चिममा १० र कर्णालीमा ८ जना गम्भीर कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा उपचार जारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ