२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजुम्ला उद्योग वाणिज्य संघले सञ्चालनमा ल्यायो कोभिड एम्बुलेन्स

जुम्ला उद्योग वाणिज्य संघले सञ्चालनमा ल्यायो कोभिड एम्बुलेन्स


जुम्ला – देशभरसहित जुम्लामा पनि कोरोना संक्रमण फैलिदो अवस्थामा छ । यसै कोभिड संकटलाई मध्यनगर गर्दै उद्योग वाणिज्य संघ जुम्लाले नि:शुल्क कोभिड एम्बुलेन्स प्रयोगमा ल्याएको छ ।

२६ बैशाखमा कार्यसमितिको बैठक बसी कोरोना माहामारीको बेला कोभिड बिरामीलाई नि:शुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष रजबअलि मनियारले बताए ।

‘प्रोइभेट गाडी मासिक ९५ हजार खर्च गर्ने गरेरभाडामा लिएर कोभिड एम्बुलेन्स प्रयोगमा ल्याएका छौँ । कोभिड एम्बुलेन्स दुई महिना सञ्चालन गर्ने गरेका छौँ ।,’उनले भने, ‘तर अहिले एक महिलाका लागि मात्रै गाडी भाडामा लिएर सञ्चालनमा ल्याएका हौँ । पछि अवस्था रहेर अर्काे महिना पनि एम्बुलेन्स सञ्चालन ल्याउने तयारी पनि गरेका छौँ ।’

यस्तै, उद्योग वाणिज्य संघको भवनमा आइसोलेसन बनाउने दिने पनि निर्णय गरिएको अध्यक्ष मनियारले बताए । ‘आइसोलेसन बनाउनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समिति, स्थानीय प्रशासन र चन्दनाथ नगरपालिकालाई जानकारी दिएका छौँ । तर अहिलेसम्म आइसोलेसन भने बनाएको छैन ।,’उनले भने ।

एम्बुलेन्स सेवाका लागि कार्यालयको फोन नम्बर ०८७ : ५२००३८ सहित ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नम्बरमा सम्र्पक गर्न आग्रह गरिएको छ ।

संस्थागत आइसोलेसन नभएका कारण अहिले कोभिडका विरामी होमआइसोलेसनका नाममा घरघरमा छन् । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने यहाँका होमआइसोलेसन सुरक्षित छैन । यहाँको चन्दननाथ नगरपालिकाले आइसोलेसन बनाउनु पर्ने हो । उद्योग बाणिज्य संघले हाम्रो भवन बनाउन भन्दा पनि बनाएको छैन ।

चन्दननाथ नगरपालिकाभित्र ६७ जना कोरोना संक्रमित छन् । सहरी क्षेत्र र जनघनत्व पनि अरु गाउँपालिका भन्दा बढी नै छ । नगरपालिकामा संस्थागत आइसोलेन नभएकाले सबै संक्रमित होम आइसोलेसन बस्ने गरेका छन् । होम आइसोलेनमा बस्ने संक्रमित कोरोना रोगप्रति संवेदनशील हुने गरेका छैन ।

संक्रमित आइसोलेट भएर स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्ने हो । तर, संक्रमित नै एक ठाउँबाट अर्काे ठाउँमा जाने कारण संक्रमण थप जोखिम बढेको छ । यस्तै पातारासीमा ३२ जना, गुठीचौरमा २६ जना, तातोपानीमा ५ जना, तिलामा ११ जना, हिमा २ जना सिँजामा ७ र कनकासुन्दरी गाउँपालिकामा ३२ जना र अन्य ३८ जना गरी २२४ कोभिडको विरामी रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ