२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबीएण्डसीको सिट संख्या तोक्न केयुको चिकित्सा शिक्षा आयोगलाई पत्र

बीएण्डसीको सिट संख्या तोक्न केयुको चिकित्सा शिक्षा आयोगलाई पत्र


काठमाडौं-काठमाडौं विश्वविद्यालय (केयु)ले झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको सिट संख्या तोक्न चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ । २ जेठमा केयुका रजिष्ट्रार प्रा.डा. सुवोध शर्माले सिट संख्यासहित स्वीकृतीका लागि आयोगलाई पत्राचार गरेका हुन् ।

केयुको ३१ बैशाखमा बसेको कार्यकारी परिषद्को ६२५ औं बैठकले सिट संख्याका लागि सम्बन्धन दिने र सिट संख्या निर्धारणका लागि आयोग पत्र पठाउने निर्णय गरेको पत्रमा उल्लेख छ ।

केयुको पत्रमा विश्वविद्यालयबाट गएको विज्ञ सम्मिलित टोलीले २२ देखि २६ बैशाख २०७८ मा बीएण्डसीको प्रारम्भिक निरिक्षण गरेर दिएको निरिक्षण प्रतिवेदनअनुसार उक्त कलेजलाई चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) अनुसार यस विश्वविद्यालयको सम्बन्धनको लागि सहमति दिने र सिट संख्या लागि आयोगबाट आवश्यक निर्णय गरिदिन भनिएको छ ।

यसअघि केयुको ८९ औं बैठकले बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ