२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडेंगीका कारण आपतकाल घोषणा गर्न आवश्यक छैनः मन्त्री यादव

डेंगीका कारण आपतकाल घोषणा गर्न आवश्यक छैनः मन्त्री यादव


काठमाडौं-सरकारले डेंगीका कारण देशमा आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ । बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो धारणा व्यक्त गरेका हुन् ।

डेंगी रोगको प्रकोप काठमाडौंलगायतका देशका प्रमुख सहरहरुमा फैलिरहेका बेला मन्त्री यादवले यसबारे पहिलो पटक प्रतिनिधिसभामा सम्बोधन गरेका हुन् ।

यसअघि प्रमुख प्रतिपक्ष कांग्रेसले डेगीले महामारीको रुप लिएको भन्दै आपतकाल घोषणा गर्न सरकारसँग माग गरेका थियो । मन्त्रालय डेंगी नियन्त्रण गर्न सक्षम भए पनि रोगको निर्दिष्ट औषधि नभएकाले समस्या निम्तिएको यादवको भनाइँ थियो ।

उनले भने ‘यसको औषधि छैन। लामखुट्टे नियन्त्रण गर्नु नै उत्तम उपाय हो ।’ डेंगी नियन्त्रणबारे प्रभावकारी कदम नचालेको भन्दै स्वास्थ्य क्षेत्र र अन्य सरोकारवालाहरुले सरकारको आलोचना गर्दै आएका छन् ।

डेंगीका कारण अहिलेसम्म देशभरबाट ६ जनाको मृत्यु भएको छ भने झन्डै ६६ हजार मानिस यस रोगबाट संक्रमित छन् । काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अतिरक्ति सरकारले त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि डेंगु परीक्षणको व्यवस्था गरेको मन्त्री यादवले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ