२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा अतिथि गृहलाई नै बनाइयो कोभिड अस्थायी अस्पताल , फ्लो अक्सिजन सेवा उपलब्ध

तिलोत्तमामा अतिथि गृहलाई नै बनाइयो कोभिड अस्थायी अस्पताल , फ्लो अक्सिजन सेवा उपलब्ध


बुटवल – रुपन्देहीमा कोभिड-१९ का बिरामीका लागि बेड अभाव भैरहदा तिलोत्तमा नगरपालिकाले सभाहल तथा अतिथि गृहलाई नै कोभिड अस्थायी अस्पतालका रुपमा विकास गरेको छ ।

नगरपालिकाले वडा नं. ९ केवलानीमा निमार्ण गरेको सभाहल तथा अतिथि गृहलाई कोभिड अस्थायी अस्पतालको रुपमा परिणत गरेको छ । १५ दिन मा झन्डै एक सय बेडको अस्पताल बनाइएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।

‘नगरपालिकाले यस अघि देखि नै संचालनमा ल्याएको शंकरनगर आइसोलेशन सेन्टरले बिरामीको चाप थेक्न अवस्था नहुँदा थप आइसोलेसन सेन्टर निर्माण गरेका छौँ ।’,उनले भने,’कोरोना महामारीसँग जुध्न नगरपालिकाले उपलब्ध सबै साधनस्रोतको उच्चतम प्रयोग गर्नेछ ।’

तत्काल ४० बेड सहित कोरोना अस्थायी अस्पताल संचालनमा ल्याइए पनि बेड संख्या थप गरी एक सय पुर्याउन सकिने कोरोना फोकल पर्सन केशव भट्टराईले  बताए । ‘हालका कागि ४० बेड १५ दिन मै तयार गरी संचालनमा ल्याएका छौँ । आवश्यकताअनुसार थप बेडहरु तयार हुँदै जानेछन् ।’, उनले भने ।

नगरपालिकाले सभाहलका रुपमा यो भवन निमार्ण गरिरहेको थियो ।  नयाँ रहेकोले विद्युत्, खानेपानी, सरसफाईलगायत आवश्यक पूर्वाधार निर्माण गर्न समय लागेको उनले बताए ।

अस्थायी अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिष्टमबाट बिरामीलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइने फोकल पर्सन भट्टराइले बताए । उनका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुनेछ ।

बुधबार अस्थायी अस्पताल संचालनमा आएको छ ।

नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । नगरप्रवत्ता सुरेन्द्र श्री सहितको समितिले व्यवस्थापनको काम गर्ने छ । वडाध्यक्ष नारायण न्यौपाने, चेतनारायण भण्डारी, दुर्गा पाण्डेय, कृष्ण पौडेललगाएत सदस्य रहेका छन् ।

स्वास्थ्यकर्मी खगराज पोखरेल, गणेश भण्डारी तथा इलाका प्रहरी कार्यालय मंगलापुरका प्रतिनिधि समेत समितिमा रहेर काम गर्नेछन् । नगरपालिकामा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ