२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको नेतृत्व डा. रोशन पोखरेलले सम्हाल्दैं

स्वास्थ्य सेवा विभागको नेतृत्व डा. रोशन पोखरेलले सम्हाल्दैं


काठमाडाैं-स्वास्थ्य सेवा विभागको नेतृत्व डा. रोशन पोखरेलले सम्हाल्ने भएका छन् । सोमबार स्वास्थ्यमन्त्रीस्तरीय निर्णय गरी पोखरलेलाई विभागको कार्यकारी महानिर्देशकको जिम्मेवारी दिने तयारी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

कोशी अस्पतालका प्रमुख भइसकेका डा. पोखरेल महानिर्देशक हुने निश्चित भएपछि काठमाडौं आइसकेका छन् । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादबले ११औं तहको सबैभन्दा वरिष्ठ भएका आधारमा पोखरेललाई जिम्मेवारी दिने तयारी गरेका हुन् ।

गत २२ भदौमा स्वास्थ्य सेवा विभागका निर्देशक डा. शुशीलनाथ प्याकुरेलले अनिवार्य अवकाश पाएपछि विभाग निमित्तका भरमा चलिरहेको छ । निमित्त महानिर्देशकका रुपमा परिवार कल्याण महाशाखाका निर्देशक डा. तिंकरीले जिम्मेवारी सम्हालिरहेका छन् ।

विभागको महानिर्देशक पद स्वास्थ्यमन्त्रालय अन्र्तगतको १२औ तहका स्वास्थ्यकर्मी हुनुपर्नेमा अहिले सो तह खाली हुँदा ११औ तहका वरिष्ठमध्ये डा. पोखरेललाई जिम्मेवारी तयारी रहेको मन्त्री निकट स्रोतले बतायो ।

पोखरेल लामो समयदेखि बिराटनगरस्थित कोशी अञ्चल अस्पतालको नेतृत्व सम्हालेका थिए ।समायोजनपछिको पदस्थापनमा तत्कालीन स्वास्थ्य सेवा विभागका कार्यकारी महानिर्देशक डा. गुणराज लोहनी सो अस्पतालको प्रमुख भएर गएका छन् । डा. लोहनी प्रमुख भएपछि उनी प्रमुख कन्सलटेन्टको भूमिका थिए


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ