२०८१ कात्तिक २५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. पाण्डेलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड, यादवलाई हेल्थ रिसर्च अवार्ड

डा. पाण्डेलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड, यादवलाई हेल्थ रिसर्च अवार्ड


काठमाडौँ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का पूर्व प्रमुख डा. बासुदेव पाण्डे ‘हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२०’ बाट सम्मानित भएका छन्।  शुक्रबार सातौँ भर्चुअल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन समापन समारोहमा डा. पाण्डेलाई हेल्थ रिसर्च लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२० बाट सम्मानित गरिएको हो।

डा. पाण्डेलाई नेपालमा सरुवा रोगहरुको अनुसन्धानमा दिएको योगदानको कदर गर्दै उक्त सम्मान दिइएको हो। डा. पाण्डेले डेंगु,, जापनिज इन्सेफलाइटिस, चिकुनगोनिया भाइरस, जीका भाइरस, एचआइभी एड्स लगायतका अन्य भाइरसको बारेमा १ सयभन्दा बढी अनुसन्धान प्रकाशित गरेका छन्।

डा. पाण्डे कोभिड-१९ को विश्वव्यापी महामारीको पहिलो लहरमा इडीसिडीको प्रमुख थिए।

यस्तै, उदयनारायण यादवलाई ‘हेल्थ रिसर्च अवार्ड २०२०’ बाट सम्मानित गरिएको छ। उनले धेरै अनुसन्धान नेपालीहरुको स्वास्थ्यका बारेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका छन्।

यस्तै, ‘बेस्ट पेपर अवार्ड पोस्टरतर्फ दिक्षा न्यौपानेले पाएकी छिन्। दिक्षाले कर्णाली प्रदेशमा कोभिड केसहरुमा देखिएको लक्षण र त्यसले फैलाएको संक्रमणबारे पेपर प्रस्तुत गरेकी थिइन्।

त्यस्तै, बेस्ट पेपर ओरल प्रिजेन्टेशन अवार्ड निशान्त कटुवालले पाएका छन्। कटुवालले कर्णाली प्रदेशमा गरिएको कोभिड परीक्षणको आणविक विधिको तालिममा गरिएको अनुसन्धान प्रस्तुत गरेका थिए।

यसैगरी, एनएचआरसी बेस्ट पर्फमेन्स अवार्ड महेश्वर चौधरीले पाएका छन् भने बेस्ट डिपार्टमेन्ट अवार्ड २०२० परिषद्को अनुसन्धान विभागले पाएको छ।

दुर्गादेवी ज्ञवाली जेएनएचआरसी बेस्ट पेपर अवार्ड २०२० ‘इन्टेक एसेस्मेन्ट एण्ड डायग्नोस्टिक एक्युरेसी डिफिसिट हाइपरएक्टीभिटी डीस डायग्नोस्टिक स्केल बीइङ्ग डेभलप चिल्ड्रेन इन नेपाल’ भन्ने शीर्षकले पाएको छ।

दुर्गादेवी ज्ञवाली जेएनएचआरसी बेस्ट पेपर अवार्ड २०२० मनोचिकित्साविद् डा. नर्मदा देवकोटालाई ‘इन्टेक एसेस्मेन्ट एण्ड डायग्नोस्टिक एक्युरेसी अफ एटेन्सन डिफिसिट हाइपरएक्टीभिटी डीसोडर डायग्नोस्टिक स्केल बीइङ्ग डेभलप चिल्ड्रेन इन नेपाल’ भन्ने शीर्षकको लागि प्रदान गरिएको छ ।

यस्तै, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी इम्प्लोइ क्याटोगोरी)बाट डाक्टर विष्णु प्रसाद मरासैनी भएका छन् भने मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ्ग हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर क्याटोगोरी) डा विपिन अधिकारीले पाएका छन्।

दुई दिन चलेको सातौँ भर्चुअल स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलन शुक्रबार साँझ एक समारोहमाझ सम्पन्न भएको छ। समापन समारोहका प्रमुख अतिथि, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र प्रसाद श्रेष्ठ रहेका थिए।

समारोहमा प्रमुख अतिथि श्रेष्ठले स्वास्थ्य क्षेत्रमा अनुसन्धान निरन्तर हुनुपर्नेमा जोड दिए। ‘अनुसन्धान भएन भने मानिसले केहि सिक्दैन। केहि कुराको गहिराइमा पुग्न पनि अध्ययन अनुसन्धान जरुरी छ ‘,उनले भने।

यस्तै, परिषदका अध्यक्ष डा. गेहनाथ बरालले रिसर्च पेपर प्रस्तुत सफल नहुने बताउँदै सम्मेलन सफलताका लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिए।

समापन कार्यक्रममा बोल्दै सदस्य सचिव डा. प्रदिप ज्ञवालीले सातौँ सम्मेलनले जारी गरेको १० बुँदे घोषणापत्र प्रस्तुत गरे। जसमा अध्ययन र अनुसन्धानमा लगानी बढाउनु पर्नेमा जोड दिइएको छ ।

परिषदका उपाध्यक्ष गौरव ढकालले अनुसन्धान विनाको स्वास्थ्य क्षेत्र अपुरो हुने धारणा व्यक्त गरे।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ