२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ?

वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ?

वीर अब ९६६ शैय्याको अस्पताल


काठमाडौं—मुलुककै जेठो वीर अस्पताल व्यवस्थापन कमजोर भएको भन्दैं बारम्बार प्रश्न उब्जिरहेका बेला सरकारले थप ८ सय ३१ कर्मचारीको दरबन्दी थपेको छ । २१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले वीरमा १ प्रमुख विशेषज्ञ, १ प्रशासनतर्फको सहसचिवसहित ८ सय ३१ कर्मचारी दरबन्दी थप गरेको हो ।

कर्मचारी दरबन्दी थपेसँगै साविकको बेड संख्या ४ सय ६० बाट बढाएर ९ सय ६६ शैय्या बनाइएको छ । यस्तै, १९ विभागलाई २९ वटा बनाइएको छ भने ७ इकाईलाई बढाएर ९ पु¥याइएको छ ।

थपिएका दरबन्दीमा सबैभन्दा बढी ७ सय ४ जना नर्सिङ स्टाफ रहेका छन् । जसमा नर्सिङ अधिकृत १९ जना र नर्सिङ स्टाफ ६८५ जना रहेका छन् ।

यस्तै, चिकित्सकमा १ सय ८६ जनाको दरबन्दी स्वीकृत भएको छ । जसमा ११ औं तह (प्रमुख कन्सल्ट्यान्ट) १७ जना, ९ औ र दशौं तह (कन्सल्ट्यान्ट) ११६ जना, ८ औं तह (मेडिकल अधिकृत) ४९ जना र डेन्टल सर्जन ४ जनाको दरबन्दी थपिएको हो ।

यसअघि ११ औं तहका चिकित्सक ३७ जना, १० र ९ औं तहको चिकित्सक ७३ जना, मेडिकल अधिकृत ६४ जना रहेका थिए । दरबन्दी थपिएसँगै वीरमा चिकित्सकको संख्या ३६० जना पुगेको छ ।

नर्सिङ अधिकृतमा यसअघि १८ जना र स्टाफ नर्समा १६५ जनाको दरबन्दी थियो । दरबन्दी थपिएसँगै नर्सिङ स्टाफको दरबन्दी ८८७ पुगेको छ ।

यसैगरी, स्वास्थ्य प्राविधिकतर्फ पाँचौं, छैटौ र सातौ गरी ५३ दरबन्दी थपिएको छ । तर, स्वास्थ्य प्राविधिक चौथो, पाँचौ र छैटौबाट भने हाल कायम १२ दरबन्दीबाट घटाएर ९ दरबन्दी कायम गरिएको छ ।

अन्य प्राविधिक अधिकृत सातौ, आठौतर्फ ३३ दरबन्दी थपिएको छ । यसअघि सो सेवामा १० दरबन्दी मात्रै रहेको थियो ।

हाल वीरमा कायम रहेका ठूलो संख्या श्रेणीबिहीन कर्मचारी दरबन्दी कटौती गरिएको छ । साविकमा २ सय ३३ जना श्रेणीबिहीन कर्मचारी रहेकोमा ७८ दरबन्दी मात्रै राखेर १ सय ५५ दरबन्दी कटौती गरिएको छ ।

वीर अस्पताल पठाउनका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत उक्त संख्यामा पुल दरबन्दी थप गरिएको हो ।

वीरको नयाँ संगठन संरचना

यो पनि पढ्नुस

वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव


क्याटेगोरी : समाचार
ट्याग : #चिकित्सक, #दरबन्दी, #नर्स, #वीर अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ