गृहपृष्ठ ∕ समाचार ∕ जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप नेपाल आइपुग्यो जोनसोन एण्ड जोनसोनको १५ लाख डोज खोप नेपाल आइपुग्यो हेल्थ आवाज सोमवार, २०७८ असार २८ गते, १०:५४ मा प्रकाशित काठमाडौं—एक डोज लगाए पुग्ने जोनसोन एण्ड जोनसोनको १५ लाख डोज भन्दा बढी खोप नेपाल आइपुगेको छ । सोमबार विहान अमेरिकी कार्गो जहाजले कोभिड-१९ विरुद्धको खोप नेपाल ल्याएको हो । अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई अमेरिकी राजदूत ¥याण्डी बेरीले खोप हस्तान्तरण गरेका हुन् । कोभ्यासको सप्लाई चेन प्रयोग गरेर ल्याइएको उक्त खोप अमेरिकी सरकारले नेपाललाई सहयोग गरेको हो । ‘जोनसोन एण्ड जोनसोनको १५ लाख बढी खोप आएको छ,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले भने, ‘यो खोप अमेरिकी सरकारको सहयोगमा आएको हो ।’ अमेरिकी दूतावासले १५ लाख ४३ हजार ८ सय ५० डोज खोप नेपाल सरकारलाई उपलब्ध गराएको जनाएको छ । क्याटेगोरी : समाचार ट्याग : #अमेरिकी राजदूत, #कृष्णगोपाल श्रेष्ठ, #जोनसोन एण्ड जोनसोन, #स्वास्थ्य तथा जनसंख्यामन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पीएचपी समस्याले औषधि व्यवस्था विभागको अनलाइन सेवा प्रभावित १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ