२०८० चैत्र ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका एक प्रमुख विशेषज्ञ र १३ जना एघारौंसहित ३५९ जनाले यसै वर्ष अवकास पाउने (सूचीसहित)

स्वास्थ्यका एक प्रमुख विशेषज्ञ र १३ जना एघारौंसहित ३५९ जनाले यसै वर्ष अवकास पाउने (सूचीसहित)


काठमाडौं—स्वास्थ्य सेवातर्फका ३५९ जना कर्मचारीले यसै आर्थिक वर्षभित्रमा अनिवार्य अवकास पाउने भएका छन् । चालु आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयका १२ औं तहका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले आगामी १८ साउनमा अनिवार्य अवकास पाउँदैंछन् ।

३९ वर्ष स्वास्थ्य सेवामा बिताएका श्रेष्ठले अहेबबाट सेवा सुरु गरेका हुन् । यसै आर्थिक वर्षमा ११ औं तहका १३ जना स्वास्थ्य सेवाका विशिष्ट अधिकारीहरुले पनि सेवाबाट अनिवार्य अवकास पाउँदैछन् । अवकास पाउनेहरुमा क्लिनिकल हेल्थ, हेल्थ इन्पेक्सन (हेई), पब्लिक हेल्थ एडमिनिष्ट्रेसन (पहेए), जनरल हेल्थ सर्विस (जहेस) समूहका उच्च अधिकारीहरु रहेका छन् ।

स्वास्थ्य सेवातर्फका ११ औं तहका अधिकारी डा. तारानाथ पौडेलले १० मंसिरमा अनिवार्य अवकास पाउँदैछन् । त्यसैगरी, सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले १८ पुसमा अवकास पाउनेछन् ।

आपूर्ति व्यवस्था महाशाखाका प्रमुख डा. भिमसिंह तिकंरी २ माघमा र परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले १६ माघमा सेवाबाट अनिवार्य अवकास पाउँदैछन् । डा. तिकंरी र डा. पोखरेल हालै रिक्त भएको र १८ साउनमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको अनिवार्य अवकासपछि खाली हुने १२ औं तहका लागि प्रमुख दाबेदार पनि हुन् ।

त्यसैगरी, क्लिनिक हेल्थबाट वीर अस्पतालकी एनेस्थेसियालोजिष्ट प्रा.डा. शान्तकुमारी कँडेलले ७ साउनमा अवकास पाउँदैछिन् । ट्रमा सेन्टरका सर्जन प्रा.डा. प्रमोद उपाध्यायले २० असोजमा, कान्ति बाल अस्पतालका निर्देशक प्रा.डा. आरपी विच्छाले ६ कात्तिकमा, वीर अस्पतालकी नेफ्रोलोजिष्ट प्रा.डा. रजनी हाडाले २८ पुसमा, नारायणी अस्पतालका आँखा रोग विशेषज्ञ डा. रघुनन्द ब्याजुले १२ मंसिरमा, कार्डियोथोरासिक सर्जन प्रा.डा. किरणप्रसाद श्रेष्ठले २०७९ बैशाख १ मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. देवेस सिंहले २८ बैशाखमा सेवाबाट अनिवार्य अवकास पाउँदैछन् । त्यसैगरी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. श्रीधर आचार्यले २९ जेठमा २०७९, भेरी अस्पतालका रेडियोलोजिष्ट डा. वीरेन्द्रबहादुर चन्दले १५ असार २०७९ मा अवकास पाउनेछन् ।

स्वास्थ्य सेवाका ७१ जना नर्स, २२ जना चिकित्सकलगायत जनशक्तिले अवकास पाउँदैछन् । यो आर्थिक वर्षमा अवकास पाउने सबैभन्दा बढी हेल्थ इन्पेक्सन समूह (हेई)का रहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #अवकास, #डा. गुणराज अवस्थी, #डा. भिमसिंह तिकंरी, #प्रा.डा. प्रमोद उपाध्याय, #प्रा.डा. रजनी हाडा, #महेन्द्रप्रसाद श्रेष्ठ, #स्वास्थ्य मन्त्रालय, #स्वास्थ्य सेवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ