२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशी अस्पतालको अत्याधुनिक भवन निर्माणमा ढिलाइ, क्षयरोगले भवन खाली गर्न आनाकानी

कोशी अस्पतालको अत्याधुनिक भवन निर्माणमा ढिलाइ, क्षयरोगले भवन खाली गर्न आनाकानी


विराटनगर – ठेक्का सम्झौता भइ निर्माण कम्पनीले कार्यदेश पाइसक्दा पनि विराटनगरस्थित कोशी अस्पतालमा अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माणमा ढिलाइ भएको छ । अत्याधुनिक भवन निर्माण हुने स्थानमा साइट किलियर हुन नसक्दा निर्माणमा ढिलाइ भएको हो ।

कोशी नयाँ बन्ने भवनको जग्गामा नेपाल क्षयरोग निवारण संस्थाको भवन रहेको छ । उक्त भवन खाली गरि संरचना हटाउन कोशी अस्पतालले गरेको पत्रचारलाई क्षयरोग निवारण संस्थाले आनाकानी गरेको कारणले नयाँ भवन निर्माणमा ढिलाइ भएको हो ।

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा लागतमा पहिलो चरणमा चार तलाको भवन बनाउने सम्झौता २०७८ असार २३ गते निर्माण कम्पनी रमन भूमि बीआइपील जेवी र सहकरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरबीच भएको थियो ।

सम्झौता भएको दिनदेखि निर्माण सुरू गर्न निर्माण कम्पनीलाई आयोजनाले कार्यदेश दिएको थियो । तर, निर्माण कम्पनीले आवश्यक उपकरणहरू निर्माण स्थलमा पु¥याएर काम सुरू गर्न लाग्दा साइट किलियर नुहदा निर्माणमा ढिलो भएको रमन भूमि बीआइपीएल जेवी विराटनगरका प्रतिनिधी कृष्ण बोहोराले जानकारी दिए ।

‘अस्पतालको भवन निर्माणको सम्झौता भएर काम गर्ने कार्यदेश पाएपछि हामीले २५ असारमा दुई वटा स्काइभेटर फिल्डमा लगेर राख्यो र निर्माण स्थल बाहिर घेराबार गरियो,’ उनले भने, ‘हामीलाई तीन दिन भित्र साइट किलियर हुने जानकारी आएको थियो । तर, अहिलेसम्म हुन सकेको छैन ।  साइट किलियर भए हामी धमाधम काम सुचारू गर्ने थियौं ।’

साइट किलियर नहुँदा काम नगरी निर्माण स्थलमा राखिएको उपकरणहरू ।

समयमै काम सुचारू गर्न नसके सम्झौतामा तोकिएको मितिमा निर्माण कार्य सम्पन्न हुन नसक्ने उनले बताए । ‘त्यही भएर जति चाँडो साइट किलिएर भए त्यही नै चाँडो काम हुने थियो,’ उनले भने ।

सम्झौताअनुसार कोशी अस्पतालको नयाँ भवन २०८० पुस २२ गते सम्पन्न गरि हस्तान्तरण गर्ने तयारी गरि ठेक्का लगाएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोक कुमार रामले जानकारी दिए । साइट किलियर नभएको कारणले निर्माण कार्यमा अवरोध भएको जानकारी आएपछि कोशी अस्पतालाई सहजिकरण गरिदिन पत्रचार गरेको सूचना अधिकारी रामले जानकारी दिए ।

साइट किलियर भएलगतै काम सुचारु हुने निर्माण कम्पनीदेखि जानकारी आएको उनले बताए । ‘कोशी अस्पतालमा साइट किलियर गराइदिन हामीले पत्रचार गरेका हौं,’ उनले भने ।

यता, कोशी अस्पतालका सुपरिटेन्टडेन्ट (मेसु) डा. चुमनलाल दासले क्षयरोग निवारण संस्थाले भवन भित्र रहेको केही सामानहरू सार्न बाँकी रहेकोले ढिलो भएको बताए । ‘यसअघि हप्ता दिनभित्रमा भवन खाली गर्ने भनिएको थियो । तोकिएको समयमा नसकिएपछि २-३ दिनभित्रमा भवन खाली गर्ने जानकारी आएको छ,’ मेसु दासले भने, ‘तीन चार दिन भित्रपनि खाली नभए डोजर लगाएर संरचना अटाउनेछौं ।’ मेसु दासको अनुसार क्षयरोगको सामान जिल्ला समवन्य समिति मोरङको हलमा सार्ने तयारी गरेको छन् ।

यस्तो बन्दैछ कोशीको अत्याधुनिक भवन

३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसा पहिलो चरणमा अन्टरग्राउण्डसहितको चार तलाको सुविधा सम्पन्न भवन बन्न लागेको हो । बहुवर्षिय योजना अनुसार मास्टर प्लान बनाएर अस्पतालको ७ तलाको भवन बनाउने योजना रहेको छ ।

चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ विराटनगरका सूचना अधिकारी अशोक कुमार रामले जानकारी दिए ।

दोस्रो तलामा एचडियूसहितको डाइलोसेसलगायतका सेवाहरू हुनेछ । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शैय्याको हुनेछ । यसैगरि चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शैय्याको हुनेछ । पहिलो चरणमा संघिय सरकारदेखि ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँ लागत अनुमान गरिएकोमा ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसाँ रमन भूमिले ठेक्का पाएको हो ।

‘पहिलो चरणमा ४ तलाको भवन बन्ने हो । त्यसपछि योजनाअनुसार तला थप हुदै जानेछ,’ उनले भने । मास्टर प्लान्टअनुसार ७ तलाको बनाउने भवनको लागत स्टीमेटमा पाँचौ तलामा ५२ शैय्याको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपाटमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३ सय ५० शैय्याको अस्पताल रहेको कोशीको सुविधा सम्पन्न भवन बनेपछि ५ बेड पु¥याउने कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिए ।


क्याटेगोरी : समाचार
ट्याग : #कोशी अस्पताल, #भवन निर्माणमा ढिलाइ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ