२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतमा पनि विद्युतीय चुरोट प्रतिबन्ध

भारतमा पनि विद्युतीय चुरोट प्रतिबन्ध


एजेन्सी । भारतको केन्द्रीय सरकारले देशभरी विद्युतीय चुरोट प्रतिबन्ध लगाएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । एक साताअघि मात्र अमेरिकाले यस्तो चुरोटमा प्रतिबन्ध लगाएको थियो ।

नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर विद्युतीय चुरोट प्रतिवन्ध लगाइएको सरकारले जनाएको छ । ‘मन्त्रिपरिषद् बैठकले विद्युतीय चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ विद्युतीय चुरोट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न प्रतिबन्ध हुनेछ,’ अर्थमन्त्री निर्मला सीतारमणले भनिन ।

मन्त्री सीतारमणले विश्वभर सन् २०११ देखि २०१६ सम्ममा विद्युतीय चुरोट प्रयोगकर्ताको संख्या ९०० प्रतिशतले वृद्धि भएको बताइन । विद्युतीय चुरोट प्रतिबन्ध निर्देशिका २०१९ मा विद्युतीय चुरोट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था छ । विद्युतीय चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ