२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबेलायतमा हरेक एक घन्टामा दुई सयले छोड्छन चुरोट

बेलायतमा हरेक एक घन्टामा दुई सयले छोड्छन चुरोट


लण्डन- बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ । यूनिभर्सिटी कलेज लण्डनले एक तथ्याङ्क सार्बजनिक गर्दै सो जानाकारी दिएको हो । राष्ट्रिय धुम्रपान अध्ययनको पछिल्लो विवरण अनुसार यही सन् २०१९ को जनवरीदेखि जुलाई सम्ममा धुम्रपान गर्ने वयस्कहरूको सङ्ख्या २.२ प्रतिशतले घटेको छ ।

बेलायतमा धुम्रपानकर्ताहरूको सङ्ख्या पछिल्लो समय निकै कम हँुदैगएको छ । अहिले पनि १४.४ प्रतिशत वयस्कहरूले धुम्रपान गर्ने गर्दछन् । गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ)ले जनाएको छ ।

लैङ्गिक रूपमा हेर्दा धुम्रपान गर्ने पुरुषको सङ्ख्या १६.४ प्रतिशत र महिलाको सङ्ख्या १२.६ प्रतिशत रहेको पिएचइले जनाएको छ । पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सवैभन्दा ठूलो अभियान सुरु गरेको हो ।

पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सङ्ख्या उल्लेख्य छ । उनले भने, ‘यो साँच्चै प्रभावकारी देखिएको छ, प्रारम्भिक सङ्केत नै उत्साहजनक भएपनि धुम्रपान रहित समाज बनाउने महत्वाकाङक्षातर्फ हामी लागेका छौँ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ