२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रत्येक वर्ष विश्वमा ७ लाखभन्दा बढी व्यक्तिले गर्छन आत्महत्या, यस्तो कारण

प्रत्येक वर्ष विश्वमा ७ लाखभन्दा बढी व्यक्तिले गर्छन आत्महत्या, यस्तो कारण


काठमाडौँ – १५ देखि १९ वर्षका किशोरकिशोरीहरुको मृत्युको चौथो ठुलो कारण आत्महत्या हो। विश्वभर हरेक वर्ष ७  लाख भन्दा बढी मानिस आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ। अर्थात, हरेक ४० सेकेन्डमा एक व्यक्तिले  आत्महत्या गर्ने गर्छन। जसमा ७७ प्रतिशत केस निम्न र मध्यम आय भएको देश छन्।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका अनुसार प्राय किटनाशक औषधी पिएर, झुण्डिएर र आफुलाई गोली प्रहार गरेर आत्महत्या गर्ने गर्छन। यस्तो केसलाई नियन्त्रण गर्न सकिने संगठनको भनाइ छ।

नेपालमा हरेक वर्ष १ लाखमा ८.२ प्रतिशत मानिसले आत्महत्या गरेको तथ्यांक छ । नेपालमा पुरूषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेको पाइएको छ । जसमा १५ देखि ४९ वर्षका महिलाहरू बढी रहेको तथ्यांकले देखाउँछ।

आत्महत्याका कारण

आत्महत्याको कोशिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट पीडित भएका हुन्छन् । प्रायःमानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । आत्महत्याको सबैभन्दा प्रमूख कारण आत्महत्याको ठुलो कारण डिप्रेशन र अल्कोहलको प्रयोग हो।

आफ्नो इच्छाअनुरूप केहि गर्न सकिएन वा पाइएन भने मानिस डिप्रेसनको सिकार हुने गर्छन् । त्यसबाहेक आर्थिक समस्या, सम्बन्ध टुट्नु, मानसिक स्वास्थ्य, डिप्रेशन, बाइपोलर डिसअर्डर, सीजोफ्रेनिया, अटिज्म, आफ्नो मान्छेलाई गुमाउने पिडा, सम्बन्ध विच्छेद, लामो समयसम्म शारीरिक पिडा, क्यान्सर र ब्रेन इन्जुरी पनि यसको कारण बन्न सक्छ।

यसलाई रोक्न लक्षणको पहिचान गर्न जरुरी छ। समयमा नै त्यस्ता व्यक्तिको व्यवहार बुझ सकियो भने आत्महत्या नियन्त्रण गर्न सकिनेछ। यदि कुनै पनि समस्या आइपरेमा समाधानको उपाय खोज्ने, नजिकका मानिसलाई भन्ने, मनोपरामर्स आदि लिने गर्नु पर्दछ। किटनाशक औषधी, बन्दुक र केहि विषालु औषधी सबैको पहुँचबाट रोक्न जरुरी रहेको संगठनले सुझाएको छ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ