२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना

एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना


काठमाडौं-एमएस नेपाल इन्टरनेशल २०१९ को उपाधि डा. रंगिना लाइकङबम शाहले जितेकी छिन् । शनिबार कमलादीस्थित प्रज्ञा भवनमा भएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदैं डा. शाहले उपाधि कब्जा गरेकी हुन् ।

उपाधि जितेसँगै उनले सिंगापुरमा हुने मिसेस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । ‘एमएस नेपाल इन्टरनेशनल २०१९ क्राउज गोज टु मि,’ उपाधि जितेपछि उनले आफ्नो फेसबुकमा खुशी साट्दैं लेखेकी छिन्, ‘वील वी रिप्रिजेन्टिङ इन सिंगापुर ।’

डा. शाह ब्लू क्रस हस्पिटल त्रिपुरेश्वरमा कार्यरत छिन् । उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपीक सर्जन  हुन् । भारतको मणिपुरमा जन्मिएकी उनले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनबाट एमबीबीएस र एमडी गरेकी हुन् ।

ल्याप्रोस्कोपीक सम्बन्धित दक्षता उनले जर्मनी कायल युनिभर्सिटीबाट हासिल गरेकी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ