२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यदुई अमेरिकीले जिते मेडिसिनतर्फको नोबेल पुरस्कार

दुई अमेरिकीले जिते मेडिसिनतर्फको नोबेल पुरस्कार


अमेरिकी डेभिड जुलियस र अर्देम पटापाउटियनले यस वर्षको मेडिसिनतर्फको नोबेल पुरस्कार जितेका छन् । सोमबार नोबेल कमिटीका महासचिव थोमस पर्लमानले सन् २०२१ को मेडिसिनतर्फका दुई विजेताको नाम घोषणा गरेका हुन् ।

सो पुरस्कार शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको रिसेप्टर्स अनुसन्धानका लागि दिइएको हो।

यो खोप उपचारका लागि निकै उपयोगी हुने बताइएको छ ।

जुलियस यस समय युनिभर्सिटी अफ क्यालफोर्निया, सेन फ्रान्सिस्कोका प्रोफेसर हुन्। उनले सन् १९८४ मा क्यालफोर्निया युनिभर्सिटीबाट पीएचडी गरेका थिए।

यस्तै, आर्देम लेबनानमा जन्मिएका हुन् । पछि लस एन्जल्स सिफ्ट भए । उनले सन् १९९६ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी, पेसाडेनाबाट डिग्री पास गरेका हुन्।

सन् २००० देखि उनी स्क्रिप्‍स रिसर्च, ला जोला, क्यालिफोर्नियामा प्रोफेसरको रुपमा कार्यरत छन् ।


क्याटेगोरी : अन्य, विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ