२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकले यसरी हटाए निधारमा पलाएको चार इन्च लामो सिङ्ग

चिकित्सकले यसरी हटाए निधारमा पलाएको चार इन्च लामो सिङ्ग


एजेन्सी–भारतीय चिकित्सकहरुले एक व्यक्तिको निधारमा पलाएको चार इन्च लामो सिङ्ग शल्यक्रिया गरेर हटाएका छन् । मध्यप्रदेशको रहिली गाँउका ७४ वर्षीय श्यामलाल यादबको निदारमा पलाएको सिङ्ग निकालिएको हो । सन् २०१४ मा टाउकोमा चोट लागेपछि श्यामलालको खप्परमा एक प्रकारको दुर्लभ सिङ्ग पलाएको थियो । पाँच वर्षको अवधिमा सिङ्ग बढेर चार इन्च लामो भएको थियो ।

चिकित्सकका अनुसार केराटिन नामक एक प्रकारको प्रोटिनका कारण उनको निधारको माथिल्लो भागमा अस्वभाविक सिङ्ग पलाएको हो । केराटिन नामक तत्व खुट्टाको नङ र मानिसको कपालमा पनि पाईन्छ । विशेषतः बयस्क उमेरमा यस्तो समस्या देखिन्छ ।

श्यामलालको उत्तर प्रदेशको भाग्योदय अस्पतालका चिकित्सकहरुले शल्यक्रिया गरेर सिङ्ग काटिदिएका हुन् । अस्पतालका सर्जन डा. विशाल गजभिएले भने, ‘पाँच वर्षअघि श्यामलालको टाउको चोट लागेको रहेछ, त्यसपछि सो स्थानमा सिङ्ग जस्तो मासु पलाएको रहेछ । ’
सुरुमा आफूलाई खासै नदुखेकोले श्यामलालले स्थानीय नाईकोमा गएर सिङ्ग काटेका रहेछन् । तर, जब सो सिङ्ग झन बढ्न थालेपछि चिन्तित बनेका उनी अस्पताल पुगेका थिए ।

‘केराटिनबाट सिङ्ग बनेको हुनाले यसलाई जीवाणूरहित ब्लेडले काट्न सकिन्छ । तर, यसको वास्तविक अवस्थाको उपचार गर्नु आवश्यक थियो । ’ डा. विशालले भने ।

शल्यक्रियाका क्रममा ती श्यामलाल १० दिन अस्पताल बसे र वायोप्सी अध्ययनपछि सिङ्ग खासै हानिकारक नभएको चिकित्सकले बताएका छन् । यस्तो समस्यालाई सर्जरी, रेडियसन थेरापी र केमोथेरापीबाट उपचार गर्न सकिने चिकित्सकको भनाई छ । सिङ्ग निकालेपछि चिकित्सकहरुले सो ठाँउमा श्यामलाललको शरिरको अन्य भागको छाला काटेर राखिदिएका थिए भने अहिले उनको अवस्था सामान्य छ ।

टाउको सिङ्ग उम्रनुको वास्तविक कारण थाहा हुन सकेको छैन । तर, रेडियसन वा सूर्यको प्रकाशमा लामो समयसम्म एक्सपोज हुँदा पनि यस्तो समस्या देखिन सक्ने विज्ञहरु बताउछन् । श्यामलालको समस्याको वृस्तित विवरण इन्र्टरनेसनल जर्नल अफ सर्जरीमा पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ