२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार६० असहाय बालबालिकाको दन्त परीक्षण

६० असहाय बालबालिकाको दन्त परीक्षण


काठमाडौं–फिलोसोफिस्का नेपालले संबिधान दिवसको अवसरमा असहाय बालबालिकाको दन्त परिक्षण गरेको छ । ट्रावल डेन्ट्रिस्टी नेपालकोे आयोजनामा फिलोसोफिस्काले करिब ६० जना बालबालिकाको दन्त परीक्षण गरेको हो ।

सो अवसरमा संस्थाले बालबालिकाका लागि मन्जन, तथा ब्रस वितरण गरेको थियो । कार्यक्रममा दन्त चिकित्सकहरुको उल्लेख्य सहभागिता थियो । शंकर श्रेष्ठ , श्रेया कायस्त , पूजा सुबेदी, सुनिता कुवर, सृयासा अधिकारी, प्रतिक्ष्या आचार्य लगायतका दन्त चिकित्सकहरुले बालबालिकाको दन्त परिक्षण गरेका थिए ।

परीक्षणका क्रममा मुखसम्बन्धी स्वास्थ्यबारे बालबालिकालाई सचेतना दिइएको थियो । संस्थाका अध्यक्ष डा. राजेन्द्र केसीले बच्चाहरुलाई सहयोग गर्ने पाउदा खुसी लागेको बताए । बरिष्ठ दन्त चिकित्सक डा. सुबास घिमिरेले नेपाली समाजमा बिस्तारै दातको बिषयलाइ लिएर जनचेतना फैलिएको बताए ।

संस्थाका संयोजक अशोक राज पाण्डेले असाहय बच्चालाइ गुणस्तर शिक्षा प्रदान गरेको बताए । कार्यक्रममा नर्सरी देखि कक्षा ४ सम्म ६० जना विद्यार्थीको सहभागीता थियो । आगामी दिनमा यस्ता कार्यलाई अझै सशक्त बनाउने पाण्डेयले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ