२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७५’ बाट डा.सन्दुक रुइत सम्मानित

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७५’ बाट डा.सन्दुक रुइत सम्मानित


काठमाडौं–तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार, २०७५’ ले सम्मानित गरेकी छिन् । लामो अथक प्रयास र वैज्ञानिक खोजको माध्यमवाट नेत्र चिकित्साको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पु¥याएको विशिष्ट योगदानको उच्च कदर गर्दै सरकारले डा. रुइतलाई नगदसहित सो सम्मान प्रदान गरेको हो ।

कार्यक्रममा डा. सन्दुक रुइतले तिलगंगाआँखा प्रतिष्ठान परिवार एवं साझेदार संस्थाहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रममा नेपाल आँखा कार्यक्रमका कार्यकारिणी सदस्यहरु र व्यवस्थापनका सदस्यको उपस्थिती थियो ।

तिलगंगा आँखा प्रतिष्ठानले स्थापनाकालदेखि आधुनिक मोतियाविन्दुको शल्यक्रियामा प्रयोग हुने विश्वस्तरीय लेन्स नेपालमा नै उत्पादन गरि संसारभर न्युन मुल्यमा सम्पन्नदेखि सिमान्तकृतसम्म पु¥याउदै आएको छ ।

अस्पतालले नानी प्रत्यारोपणमा नेपाललाई आत्मनिर्भर बनाइ संसारभर नेपालको ख्याती वढाउन योगदान दिदै आएको छ । त्यस्तै, अस्पतालले विभिन्न अनुसन्धान, शैक्षिक तथा तालिम एवं सर्वसुलभ आँखा उपचार सेवा देशका विभिन्न दुर्गम भागमा पु¥याउदै आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ