२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ

स्वास्थ्य क्षेत्रको विभूषणमा आफ्नै हात जगन्नाथ


काठमाडौं–सरकारले प्रत्येक वर्ष प्रदान गर्ने मान पदवीमा स्वास्थ्य क्षेत्रका व्यक्तिले केही पदवी आफ्नै हात जगन्नाथ गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको मान पदवी सिफारिसमा तत्कालीन स्वास्थ्य सचिव रामप्रसाद थपलिया नै पदवी सिफारिसमा छन् ।

उनी सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) को सिफारिस परेका हुन् । सचिव थपलिया स्वास्थ्य मन्त्रालय माहतहका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई पदक सिफारिस समितिका संयोजक पनि हुन् । केही समयअघि मात्रै सचिव थपलिया सरुवा भएर युवा तथा खेलकूद मन्त्रालयका सचिव बनेका छन् ।

यस्तै, दोस्रो ठूलो सुप्रसिद्ध प्रवल जनसेवा प्रा.डा. दिब्या सिंह शाहले पाइन् । डा. शाहलाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराभन्दा माथिल्लो तहमा राखेर विभूषित गरिएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक र नेपालमा मिर्गौला प्रत्यारोपणको अगुवाईलगायतका यावत कारण सुप्रसिद्ध प्रबल जनसेवाका लागि उनी योग्य ब्यक्ति हुन् ।

तर, कतिपयले डा. शाहमाथि प्रधानमन्त्रीको निजी चिकित्सक भएकैले उक्त पदवी पाएको भन्दैं सामाजिक सन्जालमै ब्यंग्य गरेका छन् । डा. सुधांशु केसीले ट्वीटरमा लेखेका छन्, ‘कुनै प्रमलाई कलेजो रोग नलागोस् । तर, लागि हालेमा मैले पनि पकद पाउने सम्भावना रहेछ ।’ अर्की एक ट्वीटर प्रयोगकर्ताले पनि डा. शाहले पाएको पदकमाथि नै कडा प्रतिक्रिया जनाएकी छिन् । पुजा क्षेत्री नाम गरेकी ट्वीटर प्रयोगकर्ताले लेखेकी छिन्, ‘मिर्गौला सफा गर्नेले पदक पाए रे, त्यो दाँत झार्ने डाक्टरलाई पदक मिल्यो कि मिलेन् ।’

तर, डा. शाहले पाएको विभूषणभन्दा अरुलाई विभूषण दिलाउन उनको प्रभावलाई लिएर अझ बढी आलोचना सुरु भएको छ । आफ्ना र निकटस्थलाई नै प्रभावका आधारमा विभूषित गराउने काम गरेको आरोप पनि डा. शाहमाथि लागेको छ । उनीमाथि विभूषणलाई प्रभावित गरेको आरोप लाग्नुका पछाडिको कारण त्रिवि शिक्षण अस्पतालका अधिकांश र उनले काम गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालकामात्रै ४ जनाले पदक पाउनुलाई पनि मानिएको छ ।

डा. दिब्यासिंह शाहले भने आफ्नो यसमा केही हात नभएको बताइन् । ‘मेरो त यसमा केही रोल छैन्, पदक सिफारिस समितिमा पनि म छैन् । विभूषण दिने बेलामा कसैले मसँग सोधेकोजस्तो पनि लाग्दैन्,’ डा. शाहले भनिन् । उनले विभूषणका लागि सिफारिस भएका मान्छेहरु कोही पनि आफूलाई अयोग्यजस्तो नलागेको पनि बताइन् ।

३३ जना विभूषित

सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार र पदकबाट ३३ जना स्वास्थ्यकर्मीलाई विभूषित गर्ने निर्णय ग¥यो । चौथो संविधान दिवसमा सरकारले प्रदान गरेको विभिन्न मानपदवी विभूषित हुनेमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा कार्यरत चिकित्सकको बाहुल्यता देखिएको छ ।

उनीहरुको राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेछन् । त्रिवि शिक्षण अस्पतालका १२ स्वास्थ्यकर्मी विभूषित हुँदा सरकारको जेठो अस्पताल वीर (न्याम्स) बाट १ जना डा. सुवोध अधिकारी मात्रै परेका छन् ।

सरकारी चिकित्सक नदेख्नु आश्चर्य 

आइओएमका १२ जना चिकित्सक विभूषित हुँदा अन्य अस्पतालका सरकारी चिकित्सक नदेख्नु आश्चर्यजनक भएको मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘देशकै एक मात्र ठूलो अस्पताल वीरबाट एक जनामात्रै चिकित्सक विभूषित भएका छन्, यो आश्चर्य हो,’ मन्त्रालयका एक उच्च अधिकारीले हेल्थआवाजसँग भने ।

ठूला अस्पताल र दुर्गमका चिकित्सक नदेख्नु आश्चर्यको विषय भएको ती चिकित्सकको भनाइ छ । मन्त्रालयका अर्का एक उच्च अधिकारीले थपे, ‘प्रधानमन्त्रीको छत्रछायाँमा रहेकालाई मात्रै विभूषित गर्नु गलत हो । दुर्गममा बसेर राम्रो सेवा दिएका चिकित्सकहरु पनि छन् ।’ सरकारले धेरैजसो प्रधानमन्त्रीको उपचारमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लागेका चिकित्सकहरुको मात्रै नाम विभूषित गर्ने सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयअन्र्तगत गुल्मी अस्पतालमा कार्यरत डा. उत्तम पाच्य मात्र पदक पाउनेमा परेका छन् ।

त्रिवि शिक्षण अस्पताल अन्तर्गतका
– डा. दिबयासिंह शाह
– डा. भगवान कोइराला
– डा. उत्तमकुमार शर्मा
– डा. प्रेम ज्ञवाली
-डा. रामकुमार घिमिरे
-डा. शर्मा पौडेल
– डा. रत्नमणि गजुरेल
-डा. उत्तम श्रेष्ठ
-डा. रमेशसिंह भण्डारी
– डा. पलेस्वाँ जोशी लाखे
-डा. नगेन्द्रबहादुर केसी
-उमा पाण्डे

वीर अस्पताल
– डा. सुबोधकुमार अधिकारी

 

को केबाट विभूषित ?

सुप्रसिद्व प्रवल जनसेवा श्री (प्रथम श्रेणी)
-प्रा.डा. दिव्यासिंह शाह, त्रिवि शिक्षण अस्पताल
-डा अनन्तरमण भाट्साला, सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालको डिपार्टमेन्ट अफ मेडिसिन डिभिजन अफ नेफ्रोलोजी
-डा अनन्तकुमार, डिपार्टमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, भारतको म्याक्स ग्रुप अफ हस्पिटल
-डा राजीवकुमार शर्मा, नयाँदिल्लीस्थित डिपार्टमेन्ट अफ युरोलोजी, युरो अंकोलोजी, रोवोटिक्स् एन्ड रेनल ट्रासप्लान्ट, एमएक्स ग्रुप अफ हस्पिटल
-डा हर्ष दुवे, इन्स्टिच्युट अफ एडल्ट रिकनट्रक्सन, स्पोर्ट इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट दिल्ली, डिर्पाटमेन्ट अफ अंकोलोजी, इन्द्रप्रस्थ एपोलो हस्पिटल नयाँदिल्ली,

उज्वल कीर्तिमय राष्ट्रदीप (द्वितीय श्रेणी)
– प्रा.डा. भगवान कोइराला, वरिष्ठ मुटुरोग सर्जन

सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी)
– डा. ज्योतिन्द्र शर्मा, सहिद गंगालाल राष्ट्रिय हृद्धय केन्द्र
– प्रा.डा. उत्तमकुमार शर्मा, त्रिवि चिकिस्साशास्त्र अध्ययन संस्थान
-डा.चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्रान्डी अस्पताल
– डा. राजु अधिकारी, योग प्रशिक्षक
-डा. उत्तम पच्या, गुल्मी जिल्ला अस्पताल
-डा. पलेस्वाँ जोशी लाखे, शिक्षण अस्पताल, महाराजगञ्ज
-डा. सुबोधकुमार अधिकारी, वीर अस्पताल
-डा. भरत प्रधान, काठमाडौं
-डा. योगेन्द्रप्रसाद यादव, विराटनगर
– डा. डेविन फ्रयानसिस, मेलर्वन, अस्टे«लिया
-डा. प्रेम ज्ञवाली, शिक्षण अस्पताल, महाराजगञ्ज
-प्रा.डा. रामकुमार घिमिरे, रेडियोलोजिस्ट, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
-डा. शर्मा पौडेल, रेडियोलोजिस्ट त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
-डा. रत्नमणि गजुरेल, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
-डा. उत्तम श्रेष्ठ, रेडियोलोजिस्ट त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान
-डा. रमेशसिंह भण्डारी, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
-प्रा.डा. नगेन्द्रबहादुर केसी, चिकित्साशास्त्र महाविद्यालय
-डा. दीपक श्रेष्ठ, नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज

प्रबल जनसेवा श्री (चर्तुथ श्रेणी)
-डा. अशोकानन्द मिश्र, सप्तरी
-डा. टीकाधर द्विवेदीः आयुर्वेद चिकित्सक, पर्सा
-डा. विराजमान कर्माचार्य, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, धुलिखेल
-डा. राम कामेश्वर ठाकुर, प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ
-कमला लामा, नेपाल प्रहरी अस्पताल
-उमा पाण्डे, लेखा अधिकृत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर
-गिरेन्द्रकुमार झा, अहेब महोत्तरी
-ज्ञानसिंह बुढा, जनस्वास्थ्य निरीक्षक मुगु

जनसेवा श्री (पञ्चम श्रेणी)
-सत्यराज शाक्य लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ