२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश १ सरकारले ध्वस्त बनायो स्वास्थ्य संरचना, स्वास्थ्यका कर्मचारी प्रमुख बन्न नमिल्ने

प्रदेश १ सरकारले ध्वस्त बनायो स्वास्थ्य संरचना, स्वास्थ्यका कर्मचारी प्रमुख बन्न नमिल्ने

यस्तो छ प्रदेश १ को नयाँ संगठन संरचना


काठमाडौं—प्रदेश १ सरकारले एकीकृत सेवा दिने नाममा संगठन संरचना परिवर्तन गर्दा राज्यले लिएको स्वास्थ्य सेवाको परिकल्पनाभन्दा बाहिर गएर संगठन संरचना परिवर्तन गरेको पाइएको छ । जिल्लाबाट एकीकृत सेवा दिने नाममा भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उधोग, पर्यटन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयका कार्यलयहरु एकीकृत स्वास्थ्य संरचनालाई भद्रगोल बनाइएको छ ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नयाँ संगठन संरचना पास गरेर सबै मन्त्रालयलाई परिपत्रसमेत गरिसकेको छ ।

तीन वर्गमा विभाजन गरी बनाइएको संरचनामा क वर्गमा झापा, मोरङ, सुनसरी र उदयपुरलाई राखिएको छ । ख वर्गमा इलाम, पाँचथर, धनकुटा, ओखलढुंगा, तेह्रथुम, भोजपुर र खोटाङलाई राखिएको छ । ग वर्गमा ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुलाई समेटिएको छ ।

नयाँ संगठन संरचनामा क वर्गका झापा, मोरङ, सुनसरी र उदयपुरबाहेक अन्य जिल्लामा कार्यलय प्रमुखका रुपमा स्वास्थ्यतर्फका कर्मचारीले प्रतिस्पर्धा समेत गर्न पाउँदैनन् । क वर्गमा राखिएका चार जिल्लामा पनि जुनसुकै सेवाको बरिष्ठतम कर्मचारीबाट कार्यलय प्रमुख रहने भनिएका कारण त्यहाँ पनि स्वास्थ्य सेवाका कर्मचारीहरु कार्यलय प्रमुख हुने सम्भावना लगभग असम्भव नै रहेको जानकारहरु बताउँछन् ।

नयाँ संगठन संरचनामा स्वास्थ्यतर्फ क वर्गका जिल्लामा ९ औं वा १० औं तहको बरिष्ठ जनस्वास्थ्य अधिकृतसहित ९ जनाको दरबन्दी राखिएको छ । जसमा दुई जना प्रशासनतर्फका कर्मचारी छन् । त्यसैगरी, आयुर्वेद चिकित्सातर्फ आयुर्वेद चिकित्सक, कविराज र २ जना वैद्य गरी जम्मा चार जनाको मात्र दरबन्दी रहेको छ । जबकी स्वास्थ्य कार्यलयको वर्तमान संरचनामा क वर्गका जिल्लाहरुमा १४ जना कर्मचारी रहँदैं आएका थिए ।

नयाँ संगठन संरचनाको ख वर्गका जिल्लामा जनस्वास्थ्य अधिकृत वा सो सरहको १ सहित ७ जना कर्मचारी तोकिएको छ भने आयुर्वेदतर्फ क वर्ग बराबरकै दरबन्दी राखिएको छ । ग वर्गका जिल्लामा ८ औं तहको अधिकृतको नेतृत्वमा ७ जना नै दरबन्दी राखिएको छ । यसअघि ख र ग वर्गका जिल्लामा स्वास्थ्यतर्फका १२ जनाको दरबन्दी रहँदैं आएको थियो ।

यो संगठन संरचनामा आयुर्वेद अस्पताललाई तानिएको छ । तर, अन्य अस्पतालहरुलाई यो संरचनामा तानिएको छैन । अन्य अस्पताल तानिदा स्वास्थ्यमा चर्को विवाद विवाद हुने देखेपछि प्रदेश सरकारले यो चलाखी गरेको हो ।

यो संगठन संचरना लागु भएमा क वर्गमा जिल्लाबाहेक अन्य जिल्लामा स्वास्थ्य तर्फको कर्मचारी कार्यलय प्रमुख हुने पाउने छैन ।

यस्तो छ नयाँ संगठन संरचना 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ