२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतामझामसहित उद्घाटन भएको बर्थिङ सेन्टरले तीन वर्षदेखि कर्मचारी पाएन, सुत्केरी जचाँउन चार घण्टा पैदल यात्रा

तामझामसहित उद्घाटन भएको बर्थिङ सेन्टरले तीन वर्षदेखि कर्मचारी पाएन, सुत्केरी जचाँउन चार घण्टा पैदल यात्रा


बझाङ-तीनबर्ष अगाडि तामझामसहित उद्दघाटन भएको जिल्लाको मष्टा गाउँपालिका( ४ स्थित बर्थिङ सेन्टर बन्द अवस्थामा छ । कर्मचारी अभावमा बर्थिङ सेन्टर सञ्चालनमा आउन नसेको हो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानमा २०७४ सालमा बर्थिङ सेन्टर निर्माण सम्पन्न भएको थियो । गाउँमै स्वास्थ्य सेवा पाउने आशमा स्थानीय मंगल कठायतले बर्थिङ सेन्टर स्थापनाका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए भने गाउँका अन्य मानिसहरुले निमार्णको लागि श्रमदान गरेका थिए ।

बर्थिङ सेन्टरमा वडा कार्यालयले झण्डै २ लाख बजेट विनियोजन गरि आवश्यक औषधी तथा विभिन्न सामाग्री खरिद समेत गरेको थियो । तर, उक्त बर्थिङ सेन्टरका लागि कर्मचारी नखटाइदा अझै सञ्चालनमा आउन सकेको छैन् । अहिले खरीद गरेका औषधि तथा उपकरण पनि काम नलाग्ने भइसकेका छन् ।

सेन्टर संचालनमा आउन नसकेपछि स्वाथ्य सेवा पाउने आशामा बसेका स्थानीय निराश बनेका छन् । गाउँमै बर्थिङ सेन्टर स्थापना भएको तीन बर्ष बितिसक्दासम्म गर्भवति र सुत्केरी महिलालाई चार घण्टा पैदल यात्रागरी सदरमुकाम चैनपुर पुग्नु पर्ने बाध्यता छ ।

बर्थिङ सेन्टरमा कर्मचारी नहुदा अहिले पनि सामान्य सुत्केरी जाँच गराउनकै लाथि सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा लगिने गरेको स्थानीय सुनादेबी कठायतले बताईन् ।

स्थानीयले निर्माण गरेको यो बर्थिङ सेन्टरमा २४ घण्टा खानेपानी, सोलार, शौचालय लगाएतका भौतिक पुर्वाधारको कुनै कमी छैन् । तर कुनै पनी निकायले सेन्टरमा कर्मचारी राख्न नसकेका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन सकेको छैन ।

बर्थिङ सेन्टर सञ्चालनका लागि स्थानीयहरुले लगातार पालिकामा अनुरोध गर्दै आएका भए पनि सुनुवाइ हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको सर्वसाधरणको गुनासो छ ।

बर्थिङ सेन्टर सञ्चालनका लागि पटक पटक गाउँपालिकादेखि विभिन्न निकायसम्म छलफल गरेको भए पनि कतैबाट सुनुवाइ नभएको वडा नम्बर ४ का वडाध्यक्ष प्रयागराज उपाध्यायले बताए । उनले बर्थिङ् सेन्टरमा स्वास्थ्यकर्मिको माग राख्दै गाउँपालिकाको बैठक बहिस्कार गरेको भए पनि सुनुवाइ भएको बताए ।

तर, मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले स्थानीय बासिन्दाको विवादका कारण बर्थिङ सेन्टर सञ्चालनमा आउन नसकेको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ