२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोभिडका कारण विद्यार्थीका लागि बन्द भएको अष्ट्रेलियाको ढोका डिसेम्बर १ देखि खुला

कोभिडका कारण विद्यार्थीका लागि बन्द भएको अष्ट्रेलियाको ढोका डिसेम्बर १ देखि खुला


डिसेम्बर १ देखि  विद्यार्थीका लागि अष्ट्रेलियाले प्रवेश खुला गर्ने भएको छ। त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले सोमबार लामो समयदेखि कोभिड-१९ महामारीका कारण रोकिएका विद्यार्थीलाईडिसेम्बर १ देखि ल्याउने तयारी गरिएको जानकारी दिए।

अष्ट्रेलियाको अर्थतन्त्र विकासका लागि पनि विद्यार्थीको आवश्यक भएको बताउंदै प्रधानमन्त्री मोरिसनले स्वागतका लागि तयारी रहेको जनाएका छन्।

अष्ट्रेलियाले महामारी फैलिएपछि मार्च, २०१९ बाट प्रतिबन्ध लगाएको थियो। तर, अब भने अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपको पूर्ण मात्रा प्राप्त गरेमा अष्ट्रेलियामा प्रवेश पाउने छन्। अष्ट्रेलियाले अस्ट्राजेनेका, फाइजर, जोन्सन एन्ड जोन्सन, मोडर्ना र भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ।

यति मात्र नभई यसअघि लगाइएको अनिवार्य क्वारेन्टाइन बस्न पर्ने नियम पनि हट्ने भएको छ।

अष्ट्रेलियामा प्रतिबन्ध लगाएसँगै कयौं नेपाली विद्यार्थीहरु अनलाइनमार्फत महँगो शुल्क तिरेर पढिरहेका छन्।

-एजेन्सी


क्याटेगोरी : अन्य, विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ