२०८१ मंसीर २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यको समायोजनको किचलो मिलाउने जिम्मा पुनः महेन्द्र श्रेष्ठलाई

स्वास्थ्यको समायोजनको किचलो मिलाउने जिम्मा पुनः महेन्द्र श्रेष्ठलाई


काठमाडौं–नेपाल स्वास्थ्य सेवाका विभिन्न समूह, उपसमूहमा कार्यरत कर्मचारीलाई संघ प्रदेश र स्थानीय तहमा समायोजन गर्दा प्राप्त भएका गुनासो सम्बोधन गर्न गठित गुनासो व्यबस्थापन एवं सहजिकरण समितिको संयोजकमा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई पुनः जिम्मा दिइएको छ । उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको मन्त्रिस्तरको निर्णयले श्रेष्ठलाईसो जिम्मेवारी दिएको हो ।

समितिका सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिब इन्द्र गौतम, मन्त्रालयकै उपसचिब (कानून तर्फ) पुस्करराज नेपाल, ज.स्वा.प्र. शम्भु काफ्ले, शाखा अधिकृत घनश्याम पोखरेल र स्वास्थ्य सेवा विभाका अधिकृत मनिष सिंह रहेका छन् ।

समितिले कर्मचारी समायोजन ऐन, २०७५, नेपाल सरकारका साथै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको विभिन्न समयको निर्णय एंव निर्देशनको कार्यन्वयन गर्नेछ । साथै, समितिले मौजुदा कानूनको अधिनमा रही समायोजनका सम्बन्धमा मन्त्रायलमा परेका गुनासो दर्ता गरी आवश्यकता अनुसार समायोजन व्यबस्थापनको लागि निर्णय गर्नेछ ।

समितिले समायोजनका क्रममा भएका त्रुटी र विभिन्न तहबाट आएका गुनासा हेर्न सुरु गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ