२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्वव्यापी स्वास्थ्य उपचारमा राष्ट्रसंघको राजनीतिक घोषणापत्र विश्वस्वास्थ्यमा कोशेढुंगाः महासचिब गुटरेज

विश्वव्यापी स्वास्थ्य उपचारमा राष्ट्रसंघको राजनीतिक घोषणापत्र विश्वस्वास्थ्यमा कोशेढुंगाः महासचिब गुटरेज


काठमाडौं–विश्वव्यापी स्वास्थ्य उपचार (युएचसी) मा राष्ट्रसंघको राजनीतिक घोषणापत्रलाई राष्टसंघका महासचिव एन्टोनियो गुटरेजले स्वागत गरेका छन् । घोषणापत्र ‘सबैका लागि स्वास्थ्य भन्ने यात्रा’मा एउटा महत्वपूर्ण कोशेढुंगा साबित भएको उनले बताएका छ । घोषणापत्रमा विभिन्न मुलुकले आफ्ना सबै नागरिकको प्राथमिक उपचारमा प्रतिबद्धता व्यक्त गरेका छन् ।

विश्वका राष्ट्रप्रमुख, मन्त्री, स्वाथ्यसम्बन्धी नेता, नीति निर्माता र विश्वव्यापी स्वाथ्य अभियन्ताको वैठकलाई राष्ट्रसंघका महासचिबले युएचसीलाई विश्वव्यापी स्वास्थ्यमा अहिलेसम्मकै वृहत सम्झौता बताए । युएचसीले सन् २०३० सम्म युनिर्भसल उपचारको परिकल्पना गरेको छ ।

राष्टसंघको महासभाको उच्च तहको सप्ताहव्यापी वैठकमा ‘विश्वव्यापी स्वास्थ्य उपचारः स्वस्थ संसार निर्माणका लागि सँगसँगै बढ्ने’ भन्ने विषयमा विश्व स्वास्थ्यबारे विश्वनेताहरुले सार्बजनिक प्रतिबद्धता व्यक्त गरेका हुन् ।

युएचसीप्रति राष्टसंघको राजनीतिक घोषणापत्रले आगामी दशकमा एचआईभी एड्स, क्षयरोग, मलेरियालगायतका सरुवा रोग नियन्त्रणको प्रगतिमा थप गति दिने महासचिब गुटरेजले बताए । त्यस्तै, प्रतिबद्धताले नसर्ने रोग तथा सशक्त प्राथमिक उपचार प्रणालीमार्फत सुक्षमजीवीरोधी प्रतिरोधको बढ्दो खतर र नसर्ने रोगको जोखिमलाई सम्बोधन गर्ने विश्वास गरिएको छ ।

राजनीतिक घोषणाले यौन तथा प्रजनन स्वास्थ्य उपचार सेबा र प्रजनन अधिकारमा विश्वव्यापी पहुचको सुनिश्चितता गरेको उनले बताए । ‘महिला तथा किशोरीको आत्मसम्मान र खुसीको रक्षा गर्छुपर्छ ’ महासचिब गुटरेजले भने । उनले भने, ‘सबैको स्वाथ्यका लागि हामी सबै च्याम्पियन बनौं ।’

सो अवसरमा महासभाका अध्यक्ष तिजानी मोहमद बान्डेले गम्भीर स्वास्थ्य सेबाप्रतिको पहुँचमा सबैको विश्वव्यापी अधिकार भएको बताए । ‘हामीले सहमति जनाएको दीगो विकासको लक्ष्य प्राप्तीका लागि स्वास्थ्य तालिम, स्वास्थ्य पूर्वाधारको प्रावधानलगायत अन्य विषयमा एक देशले अर्को देशबाट फाइदा लिने सुनिश्चित गर्नुपर्छ ।’

विश्वव्यापी स्वास्थ्य उपचारको उदेश्य ‘हरेकका लागि स्वस्थ जीवनको सुनिश्चिताका लागि हाम्रो स्वाथ्य प्रणालीको सशक्त पार्नु भएको उनको भनाई थियो । राष्टसंघका अनुसार गुणस्तीय स्वास्थ्य सेबाका लागि सदस्य राष्ट्रहरुले एक अर्कोलाई सहयोग गर्नुका साथै रोग नियन्त्रण र स्वास्थ्यसम्बन्धी अन्य फाईदाका लागि अनुसन्धानमा लगानी गर्नुपर्छ ।

के हो विश्वव्यापी स्वास्थ्य उपचार ?
विश्वव्यापी स्वास्थ्य उपचारको अर्थ मानिसहरुले उपचारका लागि पैसा तिर्न नसकेपनि उनीहरुलाई आवश्यक परेको समय र स्थानमा आर्थिक कठिनाई बिना स्वास्थ्य उपचारमा पहुँच भन्ने बुझिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ