२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफार्मेसी अनुगमनमा अन्य मन्त्रालयको सहयोग पाइएनः स्वास्थ्य राज्यमन्त्री यादव

फार्मेसी अनुगमनमा अन्य मन्त्रालयको सहयोग पाइएनः स्वास्थ्य राज्यमन्त्री यादव


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले फार्मेसीको अनुगमनमा अन्य मन्त्रालयले सहयोग नगरेको बताएका छन् । ‘वल्र्ड फर्मासिष्ट डे’को अवसरमा बुधबार काठमाडौमा आयोजित कार्यक्रममा राज्यमन्त्री यादबले अनुगमनमा अर्थ र उद्योग मन्त्रालयबाट आवश्यक सहयोग नपाइएको गुनासो गरे ।

न्युट्रासुटिकल पदार्थहरु उद्योग मन्त्रालयमार्फत भित्रने भन्दै यसको अनुगमनमा स्वास्थ्य मन्त्रालय एक्लैले केहि गर्न नसक्ने उनको भनाई थियो । ‘यस्ता कार्यक्रममा स्वास्थ्य मन्त्रालयलाई मात्र बोलाएर केहि हुँदैन,’ राज्यमन्त्री यादबले भने ‘अर्थ मन्त्रालय र उद्योग मन्त्रालयलाई पनि बोलाउनुहोस् । हाम्रो ठाउँबाट हामी आफ्नो काम गछौं ।’

कार्यक्रममा नेपालमा न्युट्रासुटिकल पदार्थको प्रयोग र अवस्थाका सम्बन्धमा विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले ‘ड्रग पोलिटिक्स’का कारण खाद्य पदार्थको रुपमा भित्रने न्युट्रासुटिकल औषधिको रुपमा विक्रि भइरहेको बताए ।

कार्यक्रममा डा. अरुणा उप्रेतीले ओमेगा थ्री, क्याल्सियम, भिटामिन जस्ता न्युट्रासुटिकल उत्पादनहरु व्यापारिक प्रयोजनले मात्र विक्रि वितरण भइरहेको भन्दै घरमै उपलब्ध हुने र सन्तुलित आहारमा जोड दिनुपर्ने धारणा राखिन् ।

औषधि व्यवस्था विभागका नारायण प्रसाद ढकालले सबै न्युट्रासुटिकल प्रोडक्टको आवश्यकता नहुने भन्ने भनाईमा बिमती राखे । ‘न्युट्रासुटिकल्स नै चाहिंदैन भन्दिन म । कतिपय अवस्थामा यो नभई हुँदैन,’ उनले भने, ‘तर यसको उचित अनुगमनमा ध्यान दिन जरुरी छ ।’

हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाईने ‘वल्र्ड फर्मासिष्ट डे’ यस वर्ष ‘सबैका लागि सुरक्षित र प्रभावकारी औषधि’ भन्ने नाराका साथ मनाईएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ